१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्ड कपको आइतबार जित दर्ता गर्दै थ्री स्टार फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेको हो ।

Advertisement

जितका लागि जर्सी नम्बर १८ का दिपेश गुरुङले दोस्रो हाफको ३८ औं मिनेटमा गरेको उत्कृष्ट गोलनै निर्णायक बन्यो । उनलाई गोलका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका मिन धिमालले उत्कृष्ट बल पास गर्दै अवसर प्रदान गरेका थिए । बुटवलको देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत खेलको पहिलो हाफमा दुबै टिमबाट गोल रहित बराबरी रहेको थियो । पहिलो हाफमा थ्री स्टारमाथि हाबी बनेको हिमालयन शेर्पाले आधा दर्जन बढी गोलको मौका सिर्जना गर्न सके पनि बललाई जाति चुमाउन सकेन ।

दोस्रो आफमा भने थ्री स्टार लयमा फर्किँदै हिमालयन शेर्पामाथि हावि बनेको थियो । खेलको अन्तिम मिनेटसम्म गोलका लागि दुबैतर्फका खेलाडीहरुले अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । प्रतियोगितमा थ्री स्टारका लकिन लिम्बु म्यान अफ दी म्याच घोषित भए । आजको जितसँगै थ्रीस्टारले शनिबारको विजेता सुदूरपश्चिम–११ सँग सेमिफाइनलको भेट पक्का गरेको छ । सुदूरपश्चिमले रुपन्देही–११ लाई शनिबार ३–१ को गोल अन्तरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

भोलि सोमबारको खेल विभागीय टोली नेपाल शसस्त्र प्रहरी (एपीएफ) र फ्रेण्ड्स क्लब बीच दिउसो साढे ३ बजे हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै