७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

पुस २४,

Advertisement

काठमाण्डौ । अमेरिकाले हवाई आक्रमणमा ईरानी सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव झनै बढेको छ । आफ्नो सेना प्रमुखलाई अमेरिकाले इराकमा निसाना बनाएपछि ईरानले पनि बुधबार त्यसको जवाफी कारबाहीस्वरुप इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको थियो ।

मिसाइल आक्रमणमा ईरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी गर्दै आइरहेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार नै राष्ट्रको नाममा सम्बोधन गर्दै आक्रमणमा अमेरिकी सैनिक मारिएको भन्ने खबरको खण्डन गरेका छन् । ट्रम्पले १० मिनेटभन्दा कम समयको भाषणमा ईरान, सैन्य प्रमुख सुलेमानी, परमाणु सम्झौता आदिका बारेमा भनाइ राखे ।

ट्रम्पले भने, ‘आक्रमणमा कुनै पनि अमेरिकी सैनिक या इराकी सैनिक मारिएका छैनन् र कोही पनि घाइते भएका छन् । सैनिक अड्डामा सामान्य क्षति पुगेको छ ।’ ‘ईरान युद्धबाट पछि हटिरहेको जस्तो देखिन्छ, जुन पूरै विश्वको लागि राम्रो कुरा हो । अमेरिकाले ईरानमाथि अझै कडा प्रतिबन्ध लगाउँदैछ’, ट्रम्पले थपे । साथै ट्रम्पले आफू अमेरिकी राष्ट्रपति रहेसम्म ईरान कहिले पनि परमाणु शक्ति सम्पन्न देश बन्न नसक्ने दाबी गरे । ट्रम्पले बेलायत, फ्रान्स, जर्मनी, रुस र चीनसँग आग्रह गर्दै सन् २०१५ मा ईरानसँग भएको परमाणु सम्झौताबाट अलग हुन भनेका छन् ।

हामी सैन्य शक्तिको प्रयोग गर्न चाहँदैनौँ : ट्रम्प

ट्रम्पले ईरानलाई सम्बोधन गर्दै भने, ‘ईरानले आफ्नो परमाणुसम्बन्धी इच्छा र आतङ्कवादीको समर्थन गर्न बन्द गर्नुपर्ने हुन्छ ।’ ट्रम्पले रुस, चीन लगायतका देशलाई ईरानसँगको परमाणु सम्झौता समाप्त गर्न पनि आग्रह गरेका छन् । उनले अमेरिका मध्यपूर्वमा तेलको पछि नरहेको उल्लेख गर्दै भने, ‘अमेरिका आफैमा विश्वको सबैभन्दा तेल उत्पादन गर्ने राष्ट्रमा पर्छ । अमेरिका आर्थिक र सैन्य हिसाबले स्थिर छ ।’

ट्रम्पले सैन्य शक्तिको प्रयोगलाई खारेज गर्दै भने, ‘अमेरिका विश्वको सबैभन्दा ठूलो सैन्य शक्ति भएको राष्ट्र हो तर यसको मतलब हामी सैन्य शक्ति प्रयोग गर्दैनौँ । हामी उनीहरुलाई प्रयोग गर्न चाहँदैनौँ ।’ –एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल