१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शनिबार बुटवलभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा उपमहानगरपालिकाले अगुवाई गर्न सुझाव दिएका छन् ।

Advertisement

स्वास्थ्य संस्थाका अध्यक्ष तथा कार्यकारी निर्देशकहरुले बुटवललाई स्वास्थ्यमा अगुवा सहर बनाउनका लागि विशिष्ट र आधुनिक सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने र त्यसका लागि उपमहानगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । सरकारी नीति निर्माणमा संघीय सरकारले निजी क्षेत्रलाई नियन्त्रणमुखी नीति बनाउन प्रयास गरेकोले खुला नीति अवलम्बन गर्न उनीहरुले सुझाव दिए । स्तरीय स्वास्थ्य सुविधा प्रदानका लागि सरकारी नीतिले साथ दिएमा सरकारी र निजी क्षेत्रको समन्वयमा विशिष्टीकृत सुविधा घरघरमा पुर्‍याउन तयार रहेको उनीहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी सहर बनाउनका लागि निजी क्षेत्रले समेत स्तरीय सेवासुविधा प्रदान गर्नुपर्ने बताए । उनले संख्यात्मक भन्दा बढी गुणात्मक हिसाबले अस्पतालहरु स्थापना तथा सञ्चालन गर्नुपर्ने बताउँदै सहजीकरण तथा समन्वयका लागि बुटवल उपमहानगरपालिका तयार रहेको बताए । उनले नीतिगत हिसाबले बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशसँग समन्वय गरी बुटवललाई स्वास्थ्य क्षेत्रमा सुविधासम्पन्न बनाउनका लागि अगुवाई गर्ने बताए।

उनले चितवन स्वास्थ्यकै कारण अगाडि बढिरहेको भन्दै बुटवललाई शिक्षा र स्वास्थ्यमा अगुवा बनाउनका लागि निजी क्षेत्रको समेत चासो र लगानी बढ्नुपर्ने बताए । बुटवलमा स्वास्थ्य क्षेत्रमा लगानी भएपनि पर्याप्त र अत्याधुनिक सुविधा प्रदान गर्नका लागि थप लगानी आवश्यक देखिएको बताए । बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए । चैत ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताइन।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिए । सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित