ताजा अपडेट »

सडक सञ्जालमा पनि अब्बल धुर्कोट : सदरमुकामसँग कालोपत्रे सडक जोड्ने पहिलो पालिका बन्दै

शनिबार, ०४ चैत्र २०७९, ०७ : ४६
10 Shares

गुल्मी । हरेक कुरामा नयाँ र एक कदम अघि हुँदै आएको गुल्मीको धुर्कोट गाउँपालिका सडक सञ्जाल बिस्तार र स्तरोन्नतिको सवालमा पनि अन्य स्थानीय तहभन्दा अब्बल देखिएको छ ।

संघीयता लागू नहुनुअघि कालोपत्रे भैसकेका सडक बाहेक गुल्मी सदरमुकामदेखि पालिकासम्मको पहुँच मार्ग सबैभन्दा पहिला कालोपत्रे गरेर सक्ने धुर्कोट गाउँपालिका बन्ने भएपछि त्यसपालिका अब्बल हुने देखिएको हो । सदरमुकाम तम्घासदेखि पश्चिम सेउवासम्म्म मदन भण्डारी राकमार्ग पहिलेनै कालोपत्रे भैसकेको छ । सेउवादेखि धुर्कोट गाउँपालिकाको केन्द्रसम्म १३ किलोमिटर सडक कालोपत्रे गरेर सक्ने अन्तिम चरणमा पुगेपछि धुर्कोट गाउँपालिकाले पालिका सम्मको पहुच मार्ग कालोपत्रे गर्ने कुरामा पनि आफूलाई अब्बल साबित गर्ने भएको हो ।

सेउवा सिमाहघाट बर्वोट वाग्ला सडक नाम रहेको धुर्कोट गाउँ पालिकाको पहुँच मार्ग धमाधम कालोपत्रे गर्न सुरु भएपछि जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, समन्वय उपप्रमुख तेजेन्द्र सलामी र सडक पूर्वाधार विकास कार्यालय प्रमुख सचितानन्द चौधरी लगायतका सरोकारवाला अनुगमनमा पुगेका छन् । अनुगमनका क्रममा सडक कालोपत्रे गर्ने कार्यमा खासै कमजोरी नदेखिएको तर नाली निर्माणमा त्रुटि देखिएको जिल्ला समन्वय प्रमुख खत्रीको भनाई छ।

उक्त सडक निर्माणको जिम्मा २०७७ जेठ १० गते सम्झौता भई गत वर्ष सक्ने गरी काठमाडौं स्थित एएनके माउन्टेन जेभिले पाएको थियो। कोभिडका कारण म्याद थप गरि २०८० जेठ २ गते सम्पन्न गर्ने सम्झौता भएकोमा हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । निर्धारित मितिभन्दा पहिल्यै सक्ने निर्माण व्यबसायिले बतएको सडक पूर्वाधार बिकास कार्यालय प्रमुख चौधरीको भनाइ छ ।

उक्त सडक २०५१ सालमा सांसद भएका जैसिथोकका समाजसेवी टंक पोखरेलको पहलमा २०४९ सालदेखि खन्न सुरु गरिएको थियो । त्यस पूर्व जिविस सदस्य रहँदा पोखरेलले जन श्रमदानमा ट्रयाक खोल्न सुरु गरेको र पछि आफू सांसदहुँदा १५ लाख बजेट परेर जैसिथोकसम्म ट्रयाक खोली ५५ सालतिर सकेको बताउछ्न।

सोही सडकलाई कालोपत्रे गराउन यसअघि धुर्कोट गाउँपालिका प्रमुखले जिम्मेवारी सम्हालेदेखि नै पहल गरेका थिए । फलस्वरूप दोश्रो कार्यकालमा आइपुग्दा जिल्लाका १२ वटा पालिका मध्ये सदरमुकामदेखि पालिकासम्मको पहुँच मार्ग कालोपत्रे गर्ने धुर्कोट पहिलो गाउँपालिका बन्न लागेको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार