ताजा अपडेट »

तिलोत्तमामा मोटरसाइकल, मोबाइल र नगद लुट्ने स्याङ्जाका एक युवा पक्राउ

शुक्रबार, ०३ चैत्र २०७९, १० : २४
14 Shares

बुटवल । रुपन्देही तिलोत्तमामा मोटरसाइकल, मोवाइल तथा पर्स लुट्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा जिल्ला विरुवा घरभई हाल रूपन्देही तिलोत्तमा-४ नयाँमिल बस्ने २४ वर्षीय दिलिप लम्साल रहेकम छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार गत फागुन २५ गते तिलोत्तमा-२ जोगिकुटीबाट  गणेश पन्थीको नाममा रहेको लु ३९ प ११४१ नम्बरको २ सय सीसीको एनएस मोटरसाईकल, मोबाइल र पर्स समेत लुटेर लगेको आरोपमा लम्साल पक्राउ परेका हुन् । उनलाई चोरी सम्बन्धी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको । प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।