१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । सीप सिकाएर विदेश पठाउने बहानामा काठमाण्डौंमा केन्द्रीय कार्यालय भई बुटवलमा शाखा कार्यालय रहेको ’द जंग स्ट्रोङ नेल आर्ट प्रा.लि.’ नाम एक कम्पनीले लाखौ रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । सीप सिकाएर विदेश पठाउने भन्दै लाखौ रकम असुली गरेर कम्पनीले बेवास्ता गर्न थालेपछि पीडितहरु प्रहरी समक्ष पुगेका हुन् ।

Advertisement

उक्त संस्थाले सीप सिकाएर ६ महिनामै विदेश पठाउने बहानामा प्रतिव्यक्ति ४ लाखसम्म असुली गरेको पीडितहरुले बताए । रोजगारका लागि दुबई पठाउने र प्रतिमहिना १ लाखसम्म पारिश्रमिक मिल्ने प्रलोभन देखाइएको पीडित मध्येकी मौसमी कार्कीले बताइन । सामाजिक सञ्जाल फेसबुकमा विज्ञापन देखेपछि रोजगार पाउने आशामा बुटवलको कालिकानगर साईबाबा पथ स्थित द जंग स्ट्रोङ नेल आर्टमा आउन लागेको उनी करिब एक वर्ष हुन लागेको छ । हालसम्म विभिन्न समयमा किस्ता किस्तागरी कन्सल्टेन्सीले ३ लाख २० हजार बढी रकम आफूबाट असुली गरेको पीडित कार्कीले बताइन । गत वैशाखदेखि कम्पनीमा धाउन लागेकी उनले तालिमका लागि तथा विदेश जाने प्रक्रियाका लागि भन्दै दिएको रकम बाहेक अन्य विभिन्न समयमा सेमिनार शुल्क समेत छुट्टै बुझाउने गरेको बताइन । प्रतिव्यक्ति २० हजारका दरले विभिन्न समयमा हुने सेमिनारमा छुट्टै शुल्क समेत उठाउने गरेको उनले गुनासो गरिन् ।

यसैगरी रुपन्देहीको देवदह खैरेनीका दिपिका सापकोटा कम्पनी धाउन थालेको एक वर्ष पूरा भयो । तर, हालसम्म विदेश जाने कुनै टुङ्गो नलागेपछि पैसा फिर्ता पाउनु पर्ने भन्दै प्रहरी समक्ष पुगेकी हुन् । दिपीकाले श्रीमान भरत सुवेदीसँग सल्लाह गरि सुरुमा ५० हजार शुल्क तिरेर तालिम लिन संस्थामा जोडिएकी हुन । लगत्तै थप ३ लाखको कोर्ष गरेपछि विदेश पठाउने प्रलोभनमा परी सो रकम पनि कम्पनीलाई बुझाइन । विभिन्न समयमा सेमिनार लगायत वहानामा दिएका विभिन्न शुल्कहरुको बारेमा आफूलेसमेत लेखाजोखा नै नराखेको उल्लेख गरिन ।

रुपन्देही सैनामैना बनकट्टाकी जुनु परियारले पनि प्रलोभनमा परी २ लाख ७५ हजार गुमाएको उल्लेख गरिन् । गत साउनदेखि कम्पनीमा जोडिएकी उनले पहिलो पटक २ लाख र त्यसपछि ५० हजार र २५ हजार गरि रकम बुझाएकी हुन्। उनीहरुसँगै आएका ७ जना महिलाहरुको समूहले आफूहरु बाहेक थुप्रै महिला दिदी–बहिनीहरु ठगिन पुगेको उल्लेख गरे । उनीहरुले प्रतिव्यक्ति २ लाख ५० हजारदेखि ४ लाखसम्म बुझाएको उल्लेख गरे । उनीहरुसँग रहेका कतीय त पैसा डुबेपछि पैसा असुली नहुने भन्दै ऋण तिर्न भारततिर रोजगारका लागि लागेको उनीहरुले बताए । सीप सिकाउने भनेर रकम असुलेको कम्पनीले कुनै पनि सीप नसिकाएको तथा प्रमाणपत्र समेत उपलब्ध गराउन नमानेको गुनासो गरे ।

विदेश पठाउनेभन्दै पटक–पटक काठमाण्डौं तथा बुटवलमै अन्तरवार्ता गराएर टार्ने काम गरिएको पीडितहरुको गुनासो छ । उनीहरुसँगै बुटवलमा थुप्रै महिलाहरु ठगिएको पीडितहरुले बताए । आफूहरु ठगिएको पत्तो पाएपछि पीडितहरुले आधा रकम भएपनि फिर्ता गर्न पाए हुन्थ्यो भन्नेमा पुगेको गुनासो पोखे ।

कम्पनीका बुटवल शाखाका प्रमुख विजेन्द्र मल्ल (किरण मल्ल)ले भने तालिममा सहभागीहरुलाई विदेश पठाउनका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ’सबै प्रक्रिया अन्तिम चरणमा पुगेको अवसरमा उहाहरुले एक्कासी पैसा फिर्ता माग्दै विदेश नजाने कुरा गर्नुभयो ।’– मल्लले भने, उहाहरुलाई तालिम प्रदान गरिरहेका छौ । विदेशका कम्पनीहरुमा रोजगारका लागि डकुमेन्टहरु पनि पठाउने काम भएको छ । अन्तरवार्ता समेत गराइसकेको अवस्थामा एक्कासी विदेश नजाने बताएपछि आफूहरु पनि अन्यौलमा रहेको उनले बताए । आफ्नो कम्पनी विदेश पठाउने भन्दा बढी तालिम प्रदान गर्ने भएकाले पहिले नै सम्झौता गरि तालिम प्रदान गरिएको कम्पनीका जेनरल म्यानेजर निरज जिरेलले बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलमा ठगीमा परेको मन्दै पीडित भनिएकाहरुले जाहेरी दर्ता गराएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । समस्या समाधानका लागि आफूले मध्यस्तको भूमिका निर्वाह गरेपनि यो विषय बैदेशिक रोजगार विभागसँग सम्बन्धित रहेको थापाले बताए । उनले पहिलो चरणमा दुवै पक्षलाई राखेर समधानको बाटो खोज्न आग्रह गरेपनि अहिलेसम्म यो विषयको टुंगो दुवै पक्षले नगरेको बताए । आपसी सहमतीमा हुन नसक्ने अवस्थामा आफ्नो कार्यालयले नभई वैदेशिक विभागले नै यसको समाधान निकाल्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै गुल्मीमा बाख्राका बोका-पाठालाई महिलालाई लगाउने तीन महिने सुई लगाएपछि..