६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

पुस २२,

Advertisement

सन्धिखर्क । जनपत्रकार संगठन अर्घाखाँचीको आयोजनामा मानवअधिकार प्रेस तथा अभिव्यक्त स्वतन्त्रता एवं वर्तमान अवस्था र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनपत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले पत्रकारले निर्धक्क संग समाचार लेख्ने वातावरण नभएको वताएका छन् । उनले पत्रकारले समाचार लेख्दैमा यातना भोग्नुपर्ने, जेल र हिरासत खेप्नुपर्ने यो अवस्थाको अन्त्य होस भन्दै पत्रकारले समाजमा न्यायपुर्ण रुपमा सकारात्मक सन्देश जाने भुमिका खेल्न अपिल गरे । डुम्रेले आसन्न पत्रकार महासंघको चुनावप्रति लक्षित गर्दै महासंघ सबैको साझा हुनुपर्ने बताए । जनपत्रकार संगठनका नेपालका केन्द्रिय महासचिव हिम बिष्टले संगठनले देसव्यापी रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका बिषयमा बहस उठाईरहेको भन्दै मिडियाहरुले उठाउनुपर्ने बिषय लुकाउने गरेकोप्रती आपत्ति जनाए ।उ नले जनपत्रकार संगठन नेपाल पत्रकार महासघसगै हातेमालो गर्दै अगाडी बढेको बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति शान्ता भण्डारीले पत्रकारहरुले स्वतन्त्रतापुर्वक सुचना प्रबाह गर्न पाउने हक समेत राज्यले कुन्ठित गर्न लागेको बताईन । उनले पार्टीले प्रतिपक्षको भुमिका पुर्ण निभाउन नसकेको स्विकार गर्दै पार्टी मानवअधिकार तथा प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताईन । यस्तै जनमोर्चाका जिल्ला सल्लाहकार जिवनारायण खनालले मानवअधिकार निकै दयनीय अबस्थामा छ, राज्यबाट मुठ्ठीभरका मान्छेहरुले सुविधा लिने गरेको र धेरै जनताले दमन खप्नुपरेको बताए । कार्यक्रममा नेपाल बार यसोशियसनका निवर्तमान अध्यक्ष केवि भुसालले नेपालका राजनीतिक पार्टीहरु सत्तापक्ष र प्रतिपक्ष दुबैले आफ्नो राजनीति स्वार्थको लागि जे पनि सम्झौता गर्न तयार रहेको बताए । उनले अमेरिकी एमसिसिले नेपाललाई ईरानिकरण गर्न खोजेको आरोप समेत लगाए ।

नेपाल पत्रकार महासघ प्रदेश सदस्य शोभाखर पन्थीले राज्य पछिल्लो समय पत्रकारहरुबाट आवश्यकता भन्दा बढी डराएको भन्दै पत्रकारबाट आतंकित नहुन आग्रह गरे । पछिल्लो राजनीति संकट र समस्यालाई वार्ताका माध्यमबाट निकास निकाल्नुपर्ने बताए । पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम लेकालिले पत्रकारहरुले कुनै पार्टीमा विचार वा आस्था राखेपनी समाचारमा स्वतन्त्रता राख्नुपर्नेमा जोड दिए । पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका सम्बन्धमा हरेक आन्दोलनहरुमा अगुवाई गरेको बताउदै उनले पत्रकारका समस्याहरुमा एकाकार भएर अगाडी बढ्ने बताए ।

कार्यक्रममा जनपत्रकार संगठन अर्घाखाचिको बार्षिक मुखपत्र जनआवाज बिमोचन समेत गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, मानवअधिकारबादी, नागरिक समाजका अगुवा, पत्रकार संघसंगठनका प्रतिनिधि तथा मिडियाका प्रतिनिधि लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रम जनपत्रकार संगठनका जिल्ला अध्यक्ष अनिल नेपाली अध्यक्षता, संगठनका सदस्य अयन विकको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई