१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

धनगढी । नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले शिक्षा क्षेत्रका बेतिथिको अन्त्यका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको जित आवश्यक रहेको बताएका छन्।

Advertisement

स्ववियु चुनावलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ र ५ ले अत्तरिया तथा धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता मिश्रले शिक्षा क्षेत्रका बेतिथिको सुधारका लागि सबै क्याम्पसमा नेविसंघको जित आवश्यक रहेको धारणा राखेका हुन्।क्याम्पसको शिक्षा प्रणाली, क्याम्पसमा हुने विकास निर्माण, गरिव तथा जेहेन्दार विद्यार्थीका लागि प्रदान गरिने छात्रवृति र विद्यार्थीको हकहितलगायत थुप्रै विषयमा स्ववियुको ठूलो महत्त्व हुन्छ। त्यसमा पनि विगतको इतिहासलाई हेर्ने हो भने नेविसंघले खेल्दै आएको भूमिका झनै शसक्त रहँदै आएको छ,’ उनले भने। उनले नेविसंघका उम्मेदवारलाई विजयी गराउन पार्टी एक ढिक्का भएर लाग्नुपर्ने धारणासमेत राखेका छन्।

उनले टिकट वितरणमा पनि कसैको नजिकको व्यक्ति नहेरी नेविसंघका लागि सक्रिय व्यक्तिलाई टिकट दिनुपर्ने बताए। ‘लामो समयपछि स्ववियु निर्वाचन हुँदैछ। यो पार्टीका लागि पनि कलेज स्तरबाट नै योग्य नेतृत्व उत्पादन गर्ने अवसर हो। त्यसैले हामी योग्य व्यक्तिलाई चुनावमा उम्मेदवार बनाऔं र उनलाई विजयी गराउन सबै प्रतिवद्ध बनेर लागौं,’ मिश्रले भने।कार्यक्रममा संघीय निर्वाचन क्षेत्र नम्बर ४ कार्यसमिति, क्षेत्र नम्बर ४ मा रहेका जिल्ला सदस्य, पालिका कार्यसमिति पदाधिकारी, तरुणदल, महिला संघ, नेपाल विद्यार्थी संघलगायत विभिन्न भातृ संस्था तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी सहभागी रहेका थिए।

क्षेत्र नम्बर ५ मा कैलाली बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति हरी रेग्मी, गोकुले कृषि क्याम्पसका सोबियु सभापति राजेन्द्र बमलगायतले धारणा राखेका थिए। आगामी चैत ५ र ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्येनजर गर्दै नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएकोमा क्षेत्र ४ र ५ को जिम्मेवारी सचिव मिश्रलाई दिइएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली