१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

गुल्मी । विवाहमा बेजोड नौमति बाजा घन्किएका छन । मानिसहरु पनि समुहमा तँ भन्दा म के कमको प्रतिस्पर्धामा नाचिरहेका छन । तर दर्शक श्रोतको ध्यान भने सहनाईको तालमा केन्द्रित छ । को होला यति मिठा मिठा नयाँ र धेरै पुराना भाकाहरुमा सहनाई बजाउने मानिस ? भनेर एक अर्कामा जिज्ञासा गरिरहेका छन । चिनेकाले जवाफ दिँदै भन्दिए– ‘वडाध्यक्ष के, हिरा बहादुर कार्की ।’

Advertisement

उनै वडाध्यक्ष हिराबहादुर कार्कीले बजाएको सहनाई र उनको समुहले बजाएको बाजाको चर्चा यति बेला पश्चिम गुल्मीमा निकै हुने गरेको छ । उनी हुन मालिका गाउँपालिका ७ घमिरका वडाध्यक्ष । सानैदेखि सहनाईसहित सबै खाले बाजा बजाउँदै आएका कार्कीले गत ५ वर्षदेखि घमिर सांस्कृति समुह वैधानिक रुपमागठन गरी नौमति बाजालाई व्यवसायीकरण गर्दै आएका छन । यसरी क्षेत्रीहरुले नौमति बाजा समुह बनाएर गाउँगाउँमाको विवाह र अन्य हर्ष बढाईबाट मनग्य आम्दानी लिन थाले पछि बजाउन छाडेका परियार जातिका युवाहरु पनि प्रोत्साहित भएर त्यसै समूहमा आबद्ध हुन थालेका छन । परियार जातिका कतिपयले बाजा बजाउने पेशालाई हिनताबोध साँधे पनि यी वडाध्यक्षमा हिनताबोध छैन । तै पनि सर्वसाधरणले वडाध्यक्ष जस्तो ब्यक्तिले बाजा बोकेर हिड्ने भन्ने गरेको सुनाउँछन ।

सानैदेखि सहनाई बजान सिकेको र पाँच वर्ष अघि आफ्नै संयोजकत्वमा घमिर संस्कृति समुह गठन गरी यो पेशालाई व्यवसायिकरण गर्दै हिडेको र समुहलाई आम्दानीको राम्रो श्रोत बनेको वडाध्यक्ष कार्कीको भनाई छ । वडाध्यक्ष कार्की वरिष्ठ लोक गायक बमबहादुर कार्कीका भतिजा हुन् । केन्द्रमा बमहादु्रले जस्तै स्थानीय स्तरमा नौमति बाजा संरक्षणमा भतिजा काकीले योगदान पुराउँदै आएका छन । सहनाईमा हरेक भाका बजाउनमा वडाध्यक्ष कार्कीले झैं परियार जातिका पुराना मानिसहरुले समेत बजाउन नसक्ने लोक भाका पारखीहरु बताउँछन । वडाध्यक्ष युवा हुन तर पनि उनले निकै पुरानो लोक गित भाकाहरु समेत हुवहु सहनाईमा उतार्छन । २०४० को दशकमा निकै चर्चित– ‘बरले छोलाकी , मिनी बसैमा सु्ईके होला की’ बोलको लोक गित सहनाईमा उतारे पछि पाका मानिसहरुको नाचतिर नजर भन्दा श्रवण सहनाईतिरै थियो।

क्षेत्री समुदायले आगुवाई गरेको बाजामा अरु समुदायका युवाहरु प्नि क्रमिक रुपले समाहित हुँदै आए पछि सर्वजातिय नौमति बाजा समुह गुल्मीको हकमा घमिरमा मात्रै भेटिएको छ। सबै खाले बाजाहरु निकै घन्किने छन । बजाउनेहरु पनि एकसेएक पारङ्गत छन । त्यस माथी हरताल सहनाई बजाउन खप्पीस वडाध्यक्ष कार्की भन्छन सबैतिर खोज्ने भएकाले भ्याईनभ्याई भएको छ ।त्यसैले त मालिका गाउँपालिकाका ति बाजाहरुको खोजी यता इस्मा गाउँपालिकामा पनि हुँदै आएको छ । इस्माका टोल टोलमा परियार जातिका बाजाहरु नभएका होईनन। तर ईस्मा ६ को कुखरीखोलाका सञ्चारकर्मी भोजेन्द्र नेपालीको विवाहमा उनै घमिरका बाजा समुह मगाईयो। हरेक तालमा खुब नाचे मानिसहरु।

वडाध्यक्ष कार्कीले ।।। सुन कोसी पुर्व प¥यो कि ।। सधै लेकमा रमाउने मालचरी पानी खान बेसी झ¥यो कि।।।। कि, सरमईरानी ।।। गितभाका र अर्को लौरी तितेको गित।।। थाह पाईन दाई मैले जोवन बितेको ।। भाका सहनाईनमा बजाउँदा भावकु भए सबै जना मानिसहरु । नाचतिर भन्दा ध्यान सहनाईको तालमा खिचको मौलिक कला संस्कृति संरक्षणमा घमिरका कार्की परिवारको योगदान बोमबहादुर कार्की देखि भतिजा हिराबहादुर कार्की सम्मको रहँदै आएको प्रति साधुवाद भन्नै पर्छ । वडाध्यक्ष भएर समेत सर्वसाधरणको घर घरमा बाजा बोकेर हिड्न नछाडनुले कार्कीको स्वाभिमानलाई मान्नै पर्छ । अन्य गाउँवासीले पनि सिक्ने बुझने कि परम्परागत पेशा जसले गरे पनि हुन्छ भन्ने कुरा रु

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली