काठमाडौं । सुनको मूल्य प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुन एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, बुधबार तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार ४० रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कारोबार भइरहेको छ ।
प्रतिक्रिया