११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमामा यही फागुन २८ गतेदेखि श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ तथा बोद्ध दर्शन प्रवचन आयोजना हुने भएको छ । सिर्जनशिल संस्था नेपालको आयोजनामा व्यभारिसे तथा सडक बालबालिकाहरुको दिगो व्यवस्थापनका लागि भवन निर्माणार्थ तिलोत्तमा-९ मँगलापुरमा चैत्र २८ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो ।

Advertisement

महायज्ञ सञ्चालनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको महयज्ञ सम्पादन समिति संयोजक रोममणी प्रसाद पाठकले जानकारी दिए । आचार्य ओमप्रकास सुवेदीबाट महायज्ञमा प्रवचनक कार्यक्रम रहेको उनले बताए । यसैगरी बोद्ध गुरु भिक्षु ज्ञानेन्द्र स्थविर “सद्धम्भ कोविद” ले बोद्ध दर्शन बारे प्रवचन दिने कार्यक्रम रहेको छ । यज्ञ सम्पादनका लागि करिब ५ सय सदस्यीय मुल आयोजक समिति तथा १३ वटा विभिन्न उपसमिति गठन गरिएको उनले बताए ।

२०५४ सालमा स्थापना भएको सिर्जनशिल संस्थाले बालबालिका तथा महिला उत्थानको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहरुले सञ्चालन गर्दै आएको यस संस्थामा ३५ जना महिला आजीवन सदस्य तथा ३ जना पुरुषहरु आजीवन सदस्का रुपमा रहेको संस्थाकी अध्यक्ष प्रतिमा शर्माले बताईन । संस्थाले हालसम्म १९७ जना सडक बालबालिकाको उद्दार गरिसकेको उनले बताइन । उद्दार गरिएका मध्ये १३ जना बालबालिकाहरुलाई दिगो बिकासका लागि नेपाल सरकारलाई जिम्मा लगाइएको तथा १३० जनालाई परिवारसँग पुनः मिलन गराइएको उनले बताइन । यसैगरि २६ जनालाई जीविको पार्जन सीम सिकाई व्यवस्थापन गरिएको अध्यक्ष  शर्माले बताइन् । यस्तै १८ जना बालबालिकालाई संस्थाले व्यवस्थापन गरिरहेको छ ।

तिलोत्तमा नगरपालिकाले वडा नम्बर ७ मा उपलब्ध गराएको २ कठ्ठा जमिनमा भवन निर्माण गर्न लागिएको हो । सभाहलसहित १२ कोठामा बन्ने भवनका लागि ८१ लाख खर्च अनुमान गरिएको संस्थाकी कार्यक्रम सम्पादन तथा व्यवस्थापन निर्देशक प्रतिमा पन्तले जानकारी दिइन् । महाज्ञबाट करिब २ करोड अर्थ संकलन गर्ने लक्ष्य राखिएको उनले बताइन । यज्ञ सम्पादनका लागि १५ लाख खर्च अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा