ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर ३० वर्षीय गणेश थारुको मृत्यु

सोमबार, २२ फागुन २०७९, १५ : ०७
32 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–७ का ३० वर्षीय गणेश थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए ।

सोमबार विहान थारु आफ्नै घरदेखि १०० मिटर पूर्व तर्फ रहेको भलवारी कुलोमा डुबी मृत अवस्थामा फेला परेको भन्ने सूचना प्राप्त हुन साथ घटना स्थलमा प्रहरी पुगेको थियो । थारुको शवलाई पोष्टमार्टन गरी परिवारलाई बुझाइसकेको प्रवक्ता अर्यालले बताए । मृतक थारुका एक श्रीमति र १ छोरा र १ छोरी रहेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।