ताजा अपडेट »

कपिलवस्तुका बुद्धस्थलको निरीक्षण

बुधबार, १७ फागुन २०७९, १८ : ४४
34 Shares

लुम्बिनी । लुम्बिनी विकास कोषका पदाधिकारीहरुले कपिलवस्तुमा रहेका बुद्ध स्थलको निरीक्षण गरेका छन् । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज)र सदस्य सचिव सानुराजा शाक्यले प्राचिन तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा र सगरहवाको निरीक्षण गरेका हुन् ।

ती क्षेत्रमा विकास कोषले गरेका पछिल्ला काम र त्यहाँको बस्तुगत अवस्था बुझ्नका लागि निरीक्षण गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले जानकारी दिए । उक्त अवसरमा तिलौराकोटमा पछिल्लो समय पुरातात्व विभाग र विकास कोषले गरेको उत्खननका बारेमा जानकारी लिइएको उनले बताए ।

उत्खननमा संलग्न पुरातात्व विभाग, लुम्बिनी विकास कोषका पुरातात्व विभाग र दुर्हम विश्वविद्यालयका प्रतिनिधिबाट उत्खननमा भेटिएका नयाँ तथ्यबारे समेत जानकारी लिएको सदस्य सचिव सानुराजा शाक्यले बताए । 

शाक्यहरुको सामूहिक नरंसंहार गरिएको ऐतिहासिक स्थल सगरहवामा गरिने मूर्तीकार्यशाला सञ्चालनका फिल्ड भिजिट समेत गरिएको थियो । निरीक्षणमा विकास कोषका तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्य र प्रेस कन्सल्ट्यान्ट विनोद परियारको समेत सहभागिता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।