ताजा अपडेट »

रुपन्देहीको भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा

मंगलबार, १६ फागुन २०७९, १३ : ३२
20 Shares

भैरहवा । रुपन्देहीको जिल्ला अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवाको सेवा सुरु भएको छ । सेवा विस्तार गर्दै गइरहेको अस्पतालले यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटी स्कयान सेवा सुरु गरेको हो ।

२ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा ३२ स्लाइसको सिटी स्क्यान मेसिन र ब्लड बैंक सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री पन्थीले वर्षौंको इतिहास बोकेको सिद्धार्थनगरको गौरवको रुपमा भीम अस्पताल रहेको बताउँदै कोरोनाकालमा यस अस्पतालले प्रदेश सरकारलाई गुन लगाएको बताए ।

सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको बताउँदै उनले प्रदेश सरकारले अस्पतालका लागि चाहिने आवश्यक न्यूनतम जनशक्ति उपलब्ध गराउनमा कमि नगर्ने र प्रदेश सरकारले यो अस्पताललाई प्रथामिकता दिँदै उल्लेखीय बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बताए । 

हालै मात्रै करिब ४० लाखको लगानीमा लायन्स भिडियो एक्सरे र इसीजी सेवा सुरु गरेको अस्पतालले बिरामीहरुलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरुको लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैंकको स्थापना गरिएको अस्पतालका अध्यक्ष नरायण भण्डारीले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।