ताजा अपडेट »

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, सोमबार पुनः सुनुवाई हुने

आइतबार, १४ फागुन २०७९, १७ : १८
22 Shares

काठमाण्डौं । क्रिकेटर सन्दीप लामिछानको बलात्कार सम्बन्धी मुद्दामा परेको पुनरावेदनको आइतबार भएको सुनुवाई हेर्दाहेर्दैमा राखिएको छ।
सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले सुनुवाइलाई सोमबार निरन्तरता दिनेछन् । सरकारी पक्षका कानुन व्यवसायीले बहस सुरु गरेपछि सन्दीपका कानुन व्यवसायीले बहस सुरु गरेका थिए ।

जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ भएको हो । यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको थियो । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो । पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको छ । सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ ।

यता सन्दीपले आफूलाई विदेश जान खुला गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग २ अन्तर्गत यूएईमा सोमबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।