१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

 
सुर्खेत । पारसबहादुर शाही पहिलो पटक तीन वर्षअघि अर्थात् २०७६ साल कात्तिक २२ गते डोल्पाको फोक्सुण्डो स्वास्थ्य चौकीमा पुगेका थिए । उनी पुग्दा दुई कोठे तापिरिचा माध्यमिक विद्यालय भवनको एउटा कोठामा सञ्चालनमा रहेको थियो, स्वास्थ्य चौकी । 

Advertisement

सहर बजारको ठूला स्वास्थ्य संस्था देखेका शाही विद्यालयको एक कोठामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी देख्दा छक्क परेका थिए । त्यहाँ शाही पुग्दा स्वास्थ्य चौकीमा कार्यरत पासाङ रोकाय सानो घरको भान्सा कोठामा काम गर्दै थिइन् । पारस पनि सोही कोठामा रोकायसँग गएको सुनाए । कोठामा एउटा कुर्सीमा बसेकी रोकायलाई पारसले फोक्सुण्डो स्वास्थ्य चौकीको इन्चार्ज भएर आएको खबर सुनाएपछि कुर्सीमा बस्न आग्रह गरेकी थिइन् ।   कुर्सीमा पारस नबसी टेबुलमै बसेको उनी बताउँछन् । रोकायले पारसलाई स्वास्थ्य संस्थाको विजोग अवस्थाबारे जानकारी गराइन् । 

रोकायले सुरुमै आवश्यक औषधि, कर्मचारी बस्ने कुर्सी र खाना बस्नको अभावसहिको समस्याको लामो कथा सुनाइन् । उनले कर्मचारीले आफू आएको वा नआएको जानकारी दिने हाजिरी किताबसम्म स्वास्थ्य संस्थामा नभएकोसमेत पारसलाई जानकारी गराइन् । 

यसपछि पारस वडाध्यक्ष निमा लामाको घरमा पुगे । तर, घरमा वडाध्यक्षलाई भेट्नन् । वडा अध्यक्ष लामा रहेको फोक्सुण्डो ताल नजिकै रहेको हिमालय होटलमा पुगेर पारसले आफूहरुलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह गरे । 

अध्यक्ष लामाले बजेट नभएको भन्दै समस्या रहेको सुनाएपछि शाहीले प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलाई फोन गरेर समस्या समाधान गर्न आग्रह गरेको बताउँछन् । 

अधिकारीले ताल नजिकै रहेको रिग्मो गाउँबाट स्वास्थ्य सेवा दिने गरी हिमालय होटलको दुई कोठा गाउँपालिकाले भाडा तिर्ने गरी व्यवस्थापन गर्ने बताए । तर, भाडाको एक कोठामा भान्सा र अर्कोमा स्वास्थ्य कसरी चलोस्, पारसको मनले मानेन ।

स्वास्थ्य चौकी तीन घण्टाको दूरीमा रहेको र सबैको पाएक पर्ने ठाउँमा रहेकोले रिग्मो गाउँमा पारसको मनले बस्न मानेन । चार घण्टा टाढाको दूरीमा रहेको ठाउँमा निकै मिहेनत गरेर नयाँ भवनमा निर्माण भएको, तर निर्माण व्यसासायीसँग आग्रह गर्दा पनि हस्तान्तरण गर्न नमानेपछि कार्यकारीसँग समन्वय गरेर ३ वैशाख २०७७ मा नयाँ भवनमा सनर्ने काम गरेको उनले सुनाए । नयाँ भवनमा सारेपछि मात्र काम वातावरण निर्माण भएको पारसले जानकारी दिए । 

कान्छीमाया तामाङ फाउन्डेसनमार्फत् उपकरण र आर्थिक सहयोगमा काम सुरु गर्ने वातावरण समेत तयार भयो । ग्रामीण ठाउँमा काम गर्न सकिने अल्ट्रासाउन्ड स्वास्थ्य चौकीमा लिएर उनले आफ्नो जिम्मेवारी वहनलाई अघि बढाए । बिरामीलाई भर्ना गरेर निशुल्क सेवा दिन मिल्ने गरी पाँच शय्या स्थापना गरियो । स्वास्थ्य चौकीमा बत्ती नभएका कारण आफ्नो ब्यक्तिगत खर्च गरी वैकल्पिक ऊर्जामा करिब ३ किलोवाट सौर्य विद्युत उपलब्ध गराइदिन निवेदन दिएको शाहीले पीडा सुनाए । अहिले वैकल्पिक ऊर्जाले केही महिनामा सौर्य बत्ती हस्तान्तरण गर्ने जानकारी गरायो ।  

यसरी जनताको स्वास्थ्य सेवामा उनी खटिरहे । उनी करिब तीन वर्षको फोक्सुण्डो स्वास्थ्य चौकीमा रहँदा शे–फोक्सुण्डो गाउँपालिकाको–८ र ९ पूर्ण खोप वडा घोषणा भइसकेको छ । उपल्लो डोल्पाका तीन स्थानीय तहमध्ये  फोक्सुण्डो स्वास्थ्य चौकीले मात्रै पुर्ण खोप वडा घोषणा गर्न सफल भएको  छ ।  फोक्सुण्डो स्वास्थ्य चौकीले कोभिड भ्याक्सिन पनि पहिलो, दोस्रो र बुस्टर डोज शतप्रतिशत  लगाउने स्वास्थ्य संस्थामा पर्छ । विगत तीन वर्षदेखि स्वास्थ्य चौकीले वर्थिङ सेवा दिँदै आएको छ । साल अड्किएर समस्यामा परेकी पुग्मो र बच्चा जन्माउन नसकेकी रिग्मो गाउँबाट १ जनालाई आवश्यक सहजीकरण गरी निःशुल्क दुईजना सुत्केरी महिलाको हवाइ उद्धार गरेको छ।

आर्थिक वर्ष २०७८÷७९ मा फोक्सुण्डो स्वास्थ्य चौकीले स्वास्थ्य चौकीअन्तर्गत न्यूनतम सेवा मापदण्डमा ६८  प्रतिशत अंकसहित अपर डोल्पाको तीनवटा स्थानीय तहमध्ये फोक्सुण्डो स्वास्थ्य संस्था पहिलो स्वास्थ्य संस्था बन्न सफल भएको छ । स्वास्थ्य चौकीले दिने न्युनतम सेवा मापदण्डअनुसार सेवा दिने अब्बल स्वास्थ्य संस्थाभित्र पर्न सफल भएको छ। 

स्थानीय बासिन्दा र तापिरिचा माध्यामिक विद्यालय परिवार, अन्य सेवाग्राही स्वास्थ्य संस्थाले दिने सेवाप्रति सन्तुष्ट रहेको र स्वास्थ्य चौकी प्रमुख पारसबहादुर शाही आएपछि स्वास्थ चौकीले पुनर्जीवन पाएको सर्वसाधारणले बताउने गर्छन् । उक्त स्वास्थ्य संस्थाबाट दैनिक तापिरिचा माध्यमिक विद्यालय र वडा न ८ र ९ का बासिन्दा र फोक्सुण्डो ताल घुम्न आउने पर्यटकहरु लगायत ३० जना बिरामीहरुले सेवा लिने गर्छन् । 

चिसो समयमा भने बस्ती तातो ठाउँमा सर्ने भएकाले करिब ३ महिना खोप कार्यक्रमबाहेक ओपिडिसेवा लिनेहरु  छिटफुट मात्रै आउने गर्छन् ।
 

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै