१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

चितवन । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ। सिजी ल्यान्डमार्कको चितवन सिनेप्लेक्समा भएको प्रिमियर शोमा चर्चित नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, चर्चित कलाकार सन्दीप क्षेत्री र निर्माता तथा निर्देशक रमेश एमके पौडेलको सहभागिता थियो ।

रिलिजको पूर्वसन्ध्यामा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । प्रिमियर शोमा जिल्लाका बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त बन्दै गएकोले नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता भइरहेकाले नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रिमियर शो कार्यक्रमको आयोजना गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले बताए । आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनले बताए ।

लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ ।
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने