ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री गिरीले गरे पदभार ग्रहण, आजै मन्त्रीपरिषदको बैठक बस्दै

विहीबार, २८ पुस २०७९, १५ : ४८
19 Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा सपथ ग्रहणसँगै लिगा गिरीले पदभार ग्रहण गरेका छन् । लुम्निी प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा अवस्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदभार ग्रहण गर्दै गिरीले आजै मन्त्रीपरिषदको बैठक बसी केही निर्णयहरु गर्ने बताए ।

पदभार ग्रहणपछि बोल्दै उलने प्रदेशको कार्यान्वयसँगै आर्थिक अवस्थाको सुधारमा आफ्नो ध्यान रहने उनले बताए । प्रदेशमा कृषि, पर्यटन लगायतको माध्यमबाट बिकासलाई अघि बढाउने उनले बताए । यसैगरी मन्त्री परिषद विस्तारका लागि निरन्तर छलफलमा रहने उनले बताए ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गरी आज विहिबार सपथ ग्रहण गराएका थिए । गिरीसँगै एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र नेकपा माओवादी केन्द्रको तर्फबाट नेतृ कृष्णा केसीले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् । लुम्बिनी प्रदेशका ५८ जना सांसदहरुको सहमतीमा सरकार गठन भएको हो । एमाले–माओवादीसँगै राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी र २ स्वतन्त्र सांसदहरुको समेत समर्थन रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।