ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए सपथ

विहीबार, २८ पुस २०७९, १४ : ४२
17 Shares

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीसँगै आजै अन्य २ मन्त्रीहरुले समेत सपथ लिएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबा अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले सपथ लिएका छन् । उनीहरुले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।