ताजा अपडेट »

मुख्यमन्त्री गिरीसहित लुम्बिनीमा भोलि विहिबार सपथ खाने यी हुन सम्भावित मन्त्रीहरु

बुधबार, २७ पुस २०७९, २० : ४१
10 Shares

बुटवल । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने भएको छ। मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भइसकेका छन्। बिहीबार दाङ देउखुरीमा हुने पद तथा गोपनियताको सपथमा मुख्यमन्त्री गिरीसहित अन्य ३ मन्त्रीहरुको पनि सपथ हुने भएको छ।

स्रोतका अनुसार भोली मुख्यमन्त्री गिरी सहित माओवादी केन्द्र संसदीय दलका नेता जोख बहादुर महरा, एमालेका भूमिश्वर ढकाल र चेत नारायण आचार्यले शपथ ग्रहण गर्नेछन्। यद्यपी एमाले सांसद ढकालले मन्त्रीको रुपमा चेतनारायण र आफू बीच कसले सपथ खाने बारे टुङ्गो नलागेको उल्लेख गरे । यसैगरी माओवादी केन्द्रका सांसद तुलाराम घर्ती 'वसन्त'ले मुख्यमन्त्रीसहित एमाले नेता ढकाल, माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले पद तथा गोपनीयताको सपथ खाने ग्लोबल आवाजसँग उल्लेख गरे ।

महरा आन्तरिक मामिला मन्त्री बन्ने सम्भावना रहेको स्रोतले बताएको छ । त्यसैगरी ढकाल भौतिक पूर्वधार तथा आचार्य ग्रामिण सहरी विकास मन्त्री बन्ने सम्भावना छ। लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । नवनियुक्त मुख्यमन्त्री गिरीले आफ्नो कार्यकालमा मन्त्रालयको सङ्ख्या घटाउने घोषणा गरिसकेका छन् । अन्य मन्त्राल र मन्त्रीहरुको टुङ्गो विश्वासको मतपछि मात्रै लाग्ने दलहरुले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।