ताजा अपडेट »

प्रतिनिधिसभामा एमालेको सङ्ख्या बढ्यो, स्वतन्त्र सांसद पार्टी प्रवेश

मंगलबार, १९ पुस २०७९, ०८ : ३३
14 Shares

काठमाण्डौं । रौतहट २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट निर्वाचित किरणकुमार साह नेकपा (एमाले) प्रवेश गरेका छन् । उनको प्रवेशसँगै एमालेको प्रतिनिधिसभामा एक सिट बृद्धि भएको छ । अध्यक्ष केपी शर्मा ओलीले सांसद साहलाई बालकोट निवासमा पार्टी प्रवेश गराए ।

यसअघि नेता प्रभु साहले उनलाई आफ्नो पार्टीको नेतामा सूचीकृत गरेका थिए । तर सांसद साहले एमाले रोजेर आफू पार्टीमा प्रवेश गरेको बताए । यसअघि २०७४ को निर्वाचनमा साह जसपाबाट चुनाव लडेका थिए । साह एमाले प्रवेश गरेसँगै अव एमालेको प्रतिनिधिसभामा ७९ सिट पुगेको छ । पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसहित मधेसबाट प्रतिनिधित्व गर्ने नेताको सहभागिता थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।