१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । बुटवलको कालिकापथ सडकमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिका पथ सडक बसपार्क देखि होराईजन चोसम्म सोमबारदेखि रात्रीकालिन बजार सञ्चालन हुने भएको हो ।

Advertisement

तत्काललाई राती ११ बजेसम्म बजार सञ्चालन गरिने छ । बजारमा आउने ग्राहकलाई निःशुल्क सौचालयको व्यवस्थापन व्यवसायीले गर्नुपर्ने छ । बजार सञ्चालनका लागि बुटवलको बसपार्कमा पार्किङको सुविधा व्यवस्था गर्ने, लाईटिङ र सिसिटिभिको तत्काललाई व्यवसायीले व्यवस्था गर्नुपर्ने सहमति बनेको छ ।

कालिका पथ सडकमा रात्रीकालिन बजार सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आइतबार अन्तरक्रिया आयोजना गरेको थियो । व्यवसायीको समर्थनमा भोली सोमबारदेखि नै रात्रीकालिन बजार सञ्चालन गर्ने निर्णय गरिएको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले जानकारी गराए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले शुक्रबार देखि उक्त सडकमा आयोजना गरेको चौथो बुटवल सडक खाना महोत्सवको अवसरमा आईतबार बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा रात्रीकालिन बजार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका, ईलका प्रहरी कार्यालय बुटवल तथा विभिन्न संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पर्यटन विकास परिषद लुम्बिनीका निर्देशक रामु जोशीले नेपालमा ६१ प्रतिशत पर्यटक रमाईलोका लागि आउने बताउँदै रात्रीकालिन व्यवसाय सञ्चालन हुँदा उनीहरुलाई भुल्ने ठाउँ हुने बताए । त्यस्तै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले खस्किदो बुटवलको बजारलाई कसरी चलायमान बनाउन सकिन्छ ?, व्यापार व्यवसायको कसरी पर्वद्धन गर्न सकिन्छ भन्ने उद्देश्यले संघले लामो समयदेखि रातीको समयमा बजार सञ्चालन गर्ने विषयमा पहल पैरवी गर्दै आएको बताए ।

रात्रीकालिन बजार सञ्चालन सम्बन्धि अवधारणा पत्र प्रस्तुत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य, रात्रीकालिन बजार सम्बन्धि समितिका संयोजक प्रतिक पोखरेलले पहिलो फेजमा होटल तथा खाद्यय व्यवसाय सम्बन्धि कुराहरु राख्न सकिने र दोस्रो फेजमा गैरखाद्य बस्तुहरु पनि राख्न सकिने बताए । रात्री कालिन बजार सञ्चालनको लागि सबैभन्दा पहिले व्यवसायी तयार हुनुपर्ने, त्यसपछि स्थानीय सरकारले वातावरण तयार गर्नुपर्ने र प्रहरी प्रशासनले शान्ति सुरक्षा व्यवस्थालाई सहज बनाईदिनु पर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी