ताजा अपडेट »

सर्वाधिक मत ल्याएर विजयी केपी ओली सम्मानित (फाेटाे फिचर)

मंगलबार, ०५ पुस २०७९, १४ : ३०
14 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सम्मानित भएका छन् । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरमै सर्वाधिक मत ल्याएर निर्वाचित भएका ओलीलाई सम्मान गरिएको हो । 

झापा-५ बाट ५२ हजार ३१९ मतसहित ओली निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।  

प्रज्ञा प्रतिष्ठानमा मंगलबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रममा ओलीलाई सम्मान गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा जेष्ठ कम्युनिस्ट विजयलाल श्रेष्ठले ओलीलाई खादा ओढाएर सम्मानित हुन् । 

साेही कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सा‌सदहरुलाई सामूहिक रुपमा अभिनन्दन गरिएकाे छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।