ताजा अपडेट »

लुम्बिनी प्रदेशको राजधानी देऊखुरीबाट औपचारिक काम सुरु गर्न आज झण्डोत्तोलन

बुधबार, २८ मंसिर २०७९, ०६ : ५८
34 Shares

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीबाटै औपचारिक रूपमा सबै काम सुरू गर्न सकारले तामझामकासाथ तयारी गरेको छ । आज बुधबार औपचारिक रुपमा झण्डोत्तोलनसहित विधिवत रुपमा राजधानी कार्यान्वयनको घोषणा गर्ने तयारी भएको छ ।
सत्तारुढ दल तथा प्रमुख प्रतिपक्ष दलको आलोचना बीच संरचना तयार नहुँदै बुटवलबाट रातारात मन्त्रालय सारेर देऊखुरी पुर्याइएको थियो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको जाडबालमा नयाँ सरकार गठन नहुँदै कामचलाउ सरकारले नै स्थायी राजधानीबाट औपचारिक काम सुरु गर्न लागेको हो । झण्डोत्तोलन कार्यक्रम गर्ने जिम्मा आन्तरिक मामिला मन्त्रालयले लिएको छ । झन्डोत्तलन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने कार्यक्रम रहेको छ ।

देऊखुरीमा रहेको राप्ति प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालयसहित आधा दर्जन अन्य मन्त्रालय राखेर काम सुरु गर्न लागिएको हो । स्थायी राजधानीबाट काम सुरु गर्नका लागि रङ्गरोगन लगायतका काम गरिएको छ । बुधबार दिउसो साँस्कृतिक झाँकीहरू प्रदर्शनसहित तामझामका साथ कार्यक्रम आयोजना गरी स्थायी राजधानीबाट काम सुरु भएको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

बुधबार प्रदेशका १२ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरूलाई बोलाइएको छ भने दाङ जिल्लाका सबै पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडाअध्यक्ष लगायतलाई पनि बोलाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।