ताजा अपडेट »

समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि

विहीबार, २२ मंसिर २०७९, १३ : १८
10 Shares

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिकतर्फका उम्मेदवार छनौटलाई लिएर विवाद भएको छ। पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदका रुपमा सिफारिस गर्ने तयारी भएपछ विवाद बढेको हो ।

अहिले पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता भेला भएका छन्। पार्टी एक नेताका अनुसार आजै टुंगो गर्न लागिएको बन्दसूचीको विषयलाई लिएर विवाद भएको हो ।

रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो। ४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको छ। समानुपातिकका केही नामहरु रास्वपाले तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो ।

सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपा नेता लालविक्रम थापाले पार्टीलाई सही बाटोमा हिँडाउनुपर्ने बताएका छन्। उनले आज सवा ११ बजे रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा खबरदारी कार्यक्रममा सहभागी हुन बुधबारै आग्रह गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।