ताजा अपडेट »

छापामार शैलीमा मन्त्रालय सार्नु गलत : प्रदेशसभा सदस्य श्रेष्ठ

मंगलबार, २० मंसिर २०७९, १५ : १५
9 Shares

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमालेबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको टिप्पणी गरेका छन् । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै नगरी सेवाग्राहीलाई नै असर पर्ने गरी प्रदेश सरकार अघि बढ्नुले राम्रो सन्देश नदिने उल्लेख गरे ।

सरकार गैरजिम्मेवारी कामबाट फर्किनुपर्ने बताउँदे उनले जनमत प्राप्त प्रतिनिधिहरुको भावनालाई कुल्चेर बिना पूर्वाधार नै बलजफ्ति ढङ्गले मन्त्रालय सारिनुले आउने पुस्तालाई समेत नकारात्मक सन्देश जाने बताए । देशको अर्थतन्त्र नै खल्बलिएको अवस्थामा राज्यको करोडौं रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नुले सुशासनमाथि नै गम्भिर प्रश्न उठेको श्रेष्ठले बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा सोमबार मध्येराती बुटवलबाट मान्त्रालयका सामान बोकी दाङ पुर्याइएको छ । तत्कालको काम चलाउ सरकारले मंसिर–४ को निर्वाचन सम्पन्न नभएको तथा आचारसंहिता विपरित बुटवलबाट दाङ मन्त्रालय सार्न नहुने बिरोधका बीच मुख्यमन्त्री केसीले रातारात कार्यालय सारेका हुन् । प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीमा संरचना नबन्दै मन्त्रालय सार्ने कुरा अव्यवहारिक भन्दै रुपन्देहीका राजनीतिक दलहरुले बिरोध जनाएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलका साथै यहाँट निर्वाचित प्रदेशसभा सदस्यहरुे समेत मन्त्रालय तत्काल सार्न नहुने बताउँदै आएका छन् । दिनमो समयमा मन्त्रालयको सामान सार्दा विरोध हुने देखिएपछि मुख्यमन्त्री केसीले मध्येरातमा सबै सामान पोको पारेर दाङ लैजानु लज्जास्पद र छापामार शैली भएको भन्दै यहाँ राजनीतिक दलका नेताहरु टिप्पणी गरेका छन् ।

यसै बीच लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले भने राजधानी सार्नुको विकल्प नभएको बताएका छन् । रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशले बुटवलमा मँगलबार आयोजना गरेको साक्षात्कार उनले प्रदेश सभाले बहुमतकासाथ पारित गरेको विषयलाई कार्यान्वयन गर्नु सरकारको दायित्व भएको जिकिर गरे । उनले राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरन्जित ढङ्गले व्याख्या नगर्न सबैलाई आग्रह समेत गरे । मन्त्री खड्काले दाङ्गको राप्ती उपत्यका देऊखुरीमा निर्मित प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।