ताजा अपडेट »

नयाँ सरकार नबन्दै बुटवलबाट मन्त्रालय सार्ने जोडबलमा मुख्यमन्त्री केेसी

शुक्रबार, १६ मंसिर २०७९, ०७ : ५०
21 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा बुटवलबाट सबै मन्त्रालय सारेर दाङ लैजाने जोडबलमा छन् । मंसिर-४ मा भएको निर्वाचपछि अब बन्ने नयाँ सरकारसँगै आफू बाहिरिने भएपछि जसरी पनि बुटवलबाट मन्त्रालय दाङ लैजाने गरि कर्मचारीहरुलाई उर्दी जारेका छन् ।

नयाँ निर्वाचित प्रदेश सभा सांसदहरुले प्रदेशको स्थायी राजधानी दाङमा सपथ लिने बताएका छन् । अस्थायी संरचनामा बुटवलमा रहेको प्रदेश सभालाई ‘फलामको टहरो’ को रुपमा निर्माण गरिएको प्रदेश सभा हलमा स्थानान्तरण गर्दै सोही स्थानबाट सपथग्रहणसँगै अव संसद दाङबाट चल्ने बताएका हुन् । स्थायी राजधानी निर्माणको कार्यलाई प्रदेश पूर्वाधार प्राधिकरणले युद्धस्तरमा काम बढाउनको लागि समेत मुख्यमन्त्री केसीले निर्देशन दिएका छन् । २०७७ साल असोज २० गते प्रदेशसभाबाट दाङ राजधानी तोकिएको थियो । राजधानीको संरचना निर्माणको काम तीब्र गतिमा अगाडि बढेको प्रदेश पूर्वाधार प्राधिकरणका कार्यकारी निर्देशक छाविराज पोख्रेलले बताए।

मन्त्रालयहरुका आधारभूत काम करिव ५ दिनमा र प्रदेशसभाको भवन प्रदेश सभा सदस्यहरुले सपथ लिंदासम्म तयार गर् मुख्यमन्त्री केसीले निर्देशन गरेका छन् । राजधानी निर्माणको काम चलिरहे पनि त्यसको व्यवस्थापन गर्दै जाने योजनामा प्रदेश सरकार पुगेको छ । प्रदेश सरकारले आफ्नो सम्पूर्ण कार्य जिम्मेवारी भएकोले स्थापित गरी सञ्चालन गर्ने योजना अनुसार अगाडि बढेको मुख्यमन्त्रीका प्रेस संयोजक मान बहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।