ताजा अपडेट »

संचारकर्मी सुदिप गौतमको भैगो रुदिन गीत बजारमा

विहीबार, १५ मंसिर २०७९, १२ : ५५
5 Shares

बुटवल । संचारकर्म संगै गीत संगीतलाई पनि अगाडी बढाईरहेका रुपन्देहीका संचारकर्मी सुदिप गौतमको एकल मार्मिक गीत "भैगो रुदिन " बजारमा आएको छ । लोक प्रिय लोक गायीका शर्मिला गुरुङको आवाजमा गीत बजारमा आएको हो।

उक्त गीतमा संचारकर्मी गौतमले शब्द रचना गरेका छन भने संगीत धर्मराज पौडेलले गरेका हुन् । गीतमा महेन्द्र भण्डारीको एरेन्ज रहेको छ । नारीको कथा व्यथामा आधारित रहेर गित तयार गरिएको संचारकर्मी गौतम बताउछन । उक्त गीतमा सन्तोष शर्मा परि शर्मा ,कल्पना कार्की सगुन शर्मा रमेश भुषाल लगायतका कलाकारहरुले अभिनय गरेका छन।

छायाकन सम्पादन र निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । उक्त गित श्रजक सुदिप गौतमको आफ्नै युट्युब च्यानल उपहार ईन्टरटेनमेन्ट बाट रिलिज गरिएको छ। गीतले दर्शक श्रोताको माया पाउने बिश्वास लिएका छन।

https://youtu.be/aOW_j4t8Uq8
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।