१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १८ औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । यही मंसिर १२ गतेदेखि १७ गतेसम्म विभिन्न गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

Advertisement

स्थापना दिवस बारे जानकारी गराउन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले लसम्बिनीको मायादेवि मन्दिरमा विश्वशान्तिको प्रार्थना (मोन्लाम) गरेर सप्ताहको सुरुवात हुने बताएका छन् । मंसिर १२ गते सप्ताहको पहिलो दिन प्रार्थनासँगै महायोगी विद्याधर आचार्य श्रीधर राणा रिम्पोच्छेको उपस्थितमा करिब २ सय जना बोद्ध अनुयायी सहभागी हुने गरि प्रवचन कार्यक्रम हुने बताइएको छ ।

स्थापना दिवसक अंन्दर्भमा मंसिर ९ गतेदेखि नै खेल सप्ताह जारी रहेको जानकारी गराउँदै विश्वविद्यालयमा रक्तदान, बृहत् सरसफाई कार्यक्रम, इजरायली राजदूतको उपस्थितीमा देवदह गुरुयोजना अवलोकन तथा अन्तरक्रिया लगायतका कार्यक्रम तय।गरिएको छ । मंसिर १४ गते स्थापना दसवसको मूल समारोह आयोजना गर्नुका साथै मंसिर १५ गते पुरस्कार वितरण, १६ गते मोन्लाम तथा विश्वशान्तिको पूजा तथा १७ गते गुह्यसमाजतन्त्र विषयमा प्रवचन कार्यक्रम रहेको छ ।

प्रथम बौद्ध शिखर सम्मेलनको अवधारणापछि २०६१ सालमा स्थापना भएको बौद्ध विश्वविद्यालयले ०६७ बाट विद्यावारिधिबाट शैक्षिक कार्यक्रम शुरु गरेको थियो । विद्यावारिधिपछि केन्द्रीय कार्यालय लुम्बिनीमा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सन्चालन गरेको छ भने ०७० सालदेखि लुम्बिनी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । ०७४ सालदेखि बुटबलमा ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट विषयमा अधयापन शुरु गरेको  विद्यालयले ०७६ सालदेखि बुटवलमा बिएएलएलबी कार्यक्रम सञ्चालन गरेको छ । यसैगरी ०७८ देखि विकास अध्ययन तथा प्रायोगिक

विज्ञान संकायअन्तर्गत देवदहमा स्नातकोत्तर तहका तीन कार्यक्रम सञ्चालनमा छन् । विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनका लागि देवदहमा ९२ बिगाहा जमिन नेपाल सरकारबाट प्राप्त भएको र सो जमिनमा गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधारको प्रक्रिया थालिएको रजिष्टार आचार्यले बताए । यसैगरी बुटवल-१२ नयाँगाउँमा करिव ६ विगाहा जमिनमा क्याम्पसका पूर्वाधार निर्माण भइरहेका बताए ।

यस विद्यालयमा १ हजार ५ सय बढी विद्यार्थी रहेका छन् भने विद्यावारिधिका लागि १३ जना र स्नातकोत्तरमा ९ जना विदेशी विद्यार्थीहरु समेत अध्ययनका लागि आउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड