ताजा अपडेट »

रुपन्देही २ (२) बाट नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ प्रदेशसभाका लागि दोस्रो पटक निर्वाचित

विहीबार, ०८ मंसिर २०७९, २२ : २३
24 Shares

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(२) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १६ हजार ३०० मत सहित विजयी भएका हुन् ।

श्रेष्ठ अघिल्लो निर्वाचनमा पनि यसै क्षेत्रबाट भारी मतान्तरकासाथ विजयी भएका थिए । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीले ९ हजार ४१० मत सहित दोस्रो भएका छन् । श्रेष्ठ ६ हजार ८९० को मतान्तरले विजयी बनेका हुन् । हाम्रो नेपाली पार्टीका प्रदीप पन्तले ५ हजार ८७० मत प्राप्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।