१७ मंसिर २०७९, शनिबार

Dec 3, 2022

भैरहवा।  रुपन्देही-३ (ख)बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले सम्पन्न हुन नसकेका अलपत्र याेजनालाई सक्न प्राथमिकता दिने बताएका छन् । 

निर्वाचित भएर प्रमाणपत्र लिने क्रममा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले पाँच वर्षे कार्यकालमा जनताको पक्षमा काम गरेकै कारण दोस्रो पटक विश्वास गरेर पुनः निर्वाचित गरेकोमा धन्यवाद दिए । उनले जनताको अपेक्षालाई पूरा गर्ने पनि बताए । भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा मात्रै काम होइन, जनताको दैनिकीमा परेको समस्याका लागि पनि सधैँ तयार रहने उनकाे भनाइ छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले निर्वाचित भएका पाण्डेलाई प्रमाणपत्र दिएका थिए । 

पाण्डे यो क्षेत्रबाट दोस्रो पटक निर्वाचित भएका हुन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार नाै सय २८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिष्पर्धी तीन दलीय गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार सात ९८ मत ल्याएका छन् । पाण्डे चार हजार एक सय ३० मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए ।
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेवार कन्याहरुको ईहि शुरु भिम रावललाई बालेनको जवाफ: ‘तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन’ धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप कैलाली प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीलाई रिहाइ गर्न विद्यार्थी संगठनहरूको माग आज बिहानदेखि रोकिएको बाजुराको मतगणना पुनः सुरु सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे बैतडी हत्या प्रकरण : दोषिलाई तत्काल कानुनी दायरामा ल्याउन कर्मीको माग कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख आयुक्त थपलिया माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी भीम रावलको प्रश्न : परराष्ट्र मन्त्रालयको अनुमतिमा बालेन साहले अमेरिकी राजदूतलाई भेटेका हुन् ? अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब पश्चिम नवलपरासीमा भन्सार छलेको ३० क्वीन्टल चिनी बरामद सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी बाजुरापछि दोलखा (ख) मा पनि रोकियो मतगणना निषेधित क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जन बढी विद्यार्थी पक्राउ कपिलवस्तुमा भारतीय नागरिकमाथि गोली प्रहार