ताजा अपडेट »

लुम्बिनी प्रदेशमा एमालेको अग्रता : कुन क्षेत्रमा को अगाडि ? यस्तो छ मतपरिणाम

मंगलबार, ०६ मंसिर २०७९, १३ : ४४
10 Shares

बुटवल । मंसिर ४ सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको जारी मतगाणनामा लुम्बिनी प्रदेशमा नेकपा एमालेले अग्रता कायम राखेको छ । प्रतिधिसभातर्फ लुम्बिनी २५ निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार एमालेले ९ स्थानमा अग्रता लिएको छ । यसैगरी दोस्रोमा रहेको नेपाली काँग्रेसले ४ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३÷३ स्थानमा अग्रता लिएका छन् ।

जारी मतगणनामा लोसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र उम्मेदवारले १÷१ स्थानमा अग्रता लिएका छन् । प्रतिनिधिसभा तर्फ २६ वटा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा गुल्मी १ मा स्थगित भएको एक वडामा मतदान जारी रहेकाले गणना सुरु भएको छैन ।

यस्तो छ पछिल्लो मतपरिणाम

रुपन्देही–१: यस क्षेत्रमा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन् । उनले सूर्य चिन्हमा २५३६ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका नेता घनश्याम भुसालले त्रिभुजमा १९८२ प्राप्त गरेका छन् ।

रुपन्देही–२: यस क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पछि परेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले निरन्तर अग्रता कायम राखेका छन् । उनले पछिल्लो मत परिणाम अनुसार ४१३४ मत प्राप्त गर्दा एमाले उपाध्यक्ष पौडेलले ४०६९ मत प्राप्त गरेका छन् ।

रुपन्देही–३ : यस क्षेत्रमा गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका दिपक बोहोराले अग्रता लिएका छन् । उनले हलो चिन्हमा ६३७३ मत प्राप्त गर्दा, खाँणले रुख चिन्हमा ५१२४ मत प्राप्त गरेका छन् ।

रुपन्देही–४ : प्रतिनिधिसभातर्फ रुपन्देही–४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अग्रता लिएको छ । उक्त दलका सर्वेन्द्रनाथ शुक्लाले साइकल चिन्हमा ८८४३ मत प्राप्त गर्दा यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली काँग्रेसका प्रमोद यादव दोस्रोमा छन् । उनले ३६१५ मत प्राप्त गरेका छन् ।

रुपन्देही–५ : यस क्षेत्रमा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन् । उनले यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली काँग्रेसका भरतशालाई उछिनेका छन् । घिमिरको मत सूर्य चिन्हमा १०२५५ मत प्राप्त गर्दा शाहले रुख चिन्हमा ८,२२२ मत प्राप्त गरेका छन् ।

दाङ-१: मा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फको जारी मतगणनामा मेटमणीले कलम चिन्हमा २२४० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी शान्ता चौधरीले सूर्य चिन्हमा १४५९ मत प्राप्त गरेकी छन् ।

दाङ–२: मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन् । शर्माले गोलाकार भित्र हंसियाँ हथौंडा चिन्हमा ७५११ प्राप्त गरेकी छन् भने नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीले ५९३९ मत प्राप्त गरेका छन् ।

दाङ–३ : मा प्रतिनिधिसभभातर्फको जारी मत गणनामा नेपाली काँग्रेसका दिपक गिरीले अग्रता लिएका छन् । जारी मत गणनामा गिरीले ३४६० मत प्राप्त गरेका छन् । नेकपा एमालेकी कोमल वलीले सूर्य चिन्हमा २९२९ मत प्राप्त गरेकी छन् ।

अर्घाखाँची : एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रनिधिसभातर्फ नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राखेका छन् । जारी मतगणनामा निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्क अनुसार रायमाझीले सूर्य चिन्हमा ११६५२ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेकी नेपाली काँग्रेस नेतृ पुष्पा भुसालले रुख चिन्हमा ९२४१ मत प्राप्त गरेकी छन् ।

पाल्पा–१ : प्रतिनिधिसभाको जारी मतगणनामा पाल्पा एकबाट नेकपा एमालेका नारायण आचार्यले अग्रता कायम राखेका छन् । आचार्यले सूर्य निन्हमा ३४४२ मत प्राप्त गर्दा दोस्रोमा रहेका नेपाली काँग्रेसका ज्ञानबहादुर गाहाले रुख चिन्हमा १४७८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा आचार्यले दोब्बर मतकासाथ अग्रता लिईरहेका छन् ।

पाल्पा–२ : प्रनिधिसभातर्फ पाल्पा–२ को जारी मतगणनामा नेकपा एमालेका ठाकुर गैरेले अग्रता लिएका छन् । गैरेले सूर्य निन्हमा ४०४२ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले कलम चिन्हमा ३०९४ मत प्राप्त गरेका छन् ।

कपिलवस्तु–१ : जारी मतगणनामा कपिलवस्तु–१ मा नेकपा एमालेका बलराम अधिकारीले अग्रता कायम राखेका छन् । अधिकारीले सूर्य चिन्हमा ५०६ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवले ४२१ मत प्राप्त गरेका छन् ।

कपिलवस्तु–२ : यस क्षेत्रमा नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यले अग्रता लिएका छन् । आचार्यले रुख चिन्हमा ३८६० मत प्राप्त गर्दा नेकपा एमालेका बृजेशकुमार गुप्ताले ३५०४ मत प्राप्त गरेका छन् ।

कपिलवस्तु–३ : प्रतिनिधिसभातर्फमा जारी मतगणनामा कपिलवस्तु ३ मा नेपाली काँग्रेसका अभिषेक प्रताप शाहले अग्रता कायम राखेका छन् । जारी मतगणनामा शाहाले रुख चिन्हमा २८०३ मत प्राप्त गर्दा नेकपा एमालेका मँगलप्रसाद गुप्ताले सूर्य चिन्हमा २४३४ मत प्राप्त गरेका छन् ।

रुकुम पूर्व : प्रनिधिसभाको जारी मतगणनामा यस क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले अग्रता लिएका छन् । यसअघि लुम्बिनी प्रदेशसभाका सभामुखसमेत रहेका घर्तीले गोलकारभित्र हंसियाँ हथौंडामा ३१०६ मत प्राप्त गर्दा नेकपा एमालेका कैलाशकुमार मल्ले सूर्य चिन्हमा १२४८ मत प्राप्त गरेका छन् ।

रोल्पा : एकमात्र निर्वाचन क्षेत्र रहेको यस निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनः भारी मतकासाथ अघि छन् । उनले हंसियाँ हथौडा चिन्हमा ६७६८ मत प्राप्त गर्दा नेकपा एमालेका पुर्ण बुढामगरले सूर्य चिन्हमा २६०१ मत प्राप्त गरेका छन् ।

बर्दिया–१ : निर्वाचन आयोगले प्रकाशित गरेको तथ्याङ्क अनुसार बर्दिया १ को जारी मतगणनामा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । सो पार्टीका ठाकुरसिंह थारु ढकिया चिन्हमा ७५८३ मत प्राप्त गरेका छन् । यसैगरी दोस्रोमा रहेको नेपाली काँग्रेसको संजय गौतमले रुख चिन्हमा ६७५७ मत प्राप्त गरेका छन् ।

बर्दिया–२ : प्रनिधिसभा निर्वाचनको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार लालविर चौधरीले अग्रता लिएका छन् । रेशम चौधरीका बुवा लालबिरले चापाकल चिन्हमा १६४५८ मत गरेका छन् । यसैगरी दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका सुरेस पन्तले गोलाकारभित्र हंसियाँ हथौंडामा १०८९३ मत प्राप्त गरेका छन् ।

प्युठान : प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा भर्खरै मतदान सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेकपा एमालेका सूर्य थापाले अग्रता लिएका छन् । थापाले सूर्य चिन्हमा १९९१ मत प्राप्त गरेका छन् । यसैगरी दोस्रोमा रहेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले गिलास चिन्हमा १७०२ मत प्राप्त गरेकी छन् ।

बाँके–१ : प्रतिनिधसभातर्फको जारी मतगणनामा नेकपा एमालेका सुर्यप्रसाद ढकालले अग्रता लिएका छन् । उनले सूर्य चिन्हमा ५६७९ प्राप्त गर्दा नेकपा माओवादीका महेश्वर जंग गहतराजले गोलाकारभित्र हंसियाँ हथौंडामा ४७४७ मत प्राप्त गरेका छन् ।

बाँके–२ : जारी मतगणनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका धवल शमशेर राणाले अग्रता लिएका छन् । उनले हलो चिन्हमा १३३५५ मत प्राप्त गर्दा दोस्रोमा रहेका जसपका मोहम्मद इस्तियाक राईले ढल्केको छाता चिन्हमा ८५५९ मत प्राप्त गरेका छन् ।

बाँके–३ : जारी मगणनामा सुरुवाती अग्रता लिएको नेकपा एमालेलाई पछी पार्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसका किशोरसिंह राठोरले रुख चिन्हमा ८२६१ मत प्राप्त गर्दा एमालेका किस्मतकुमार कक्षपतिले सूर्य चिन्हमा ७७१८ मत प्राप्त गरेका छन् ।

नवलपरासी–१ : जारी मतगणनामा राष्ट्रि स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन् । ठकुरीले गण्टी चिन्हमा ४६८९ मत प्राप्त गर्दा नेपाली काँग्रेसका विनोद चौधरीले ४५६० मत प्राप्त गरेका छन् ।

नवलपरासी २ : यस क्षेत्रमा राप्रपाका धुर्वबहादुर प्रधानले अग्रता लिएका छन् । प्रधानले हलो चिन्हमा ५३५९ मत प्राप्त गर्दा काँग्रेसका देवेन्द्रराज कंडेलले १८१५ मत प्राप्त गरेका छन् ।

गुल्मी–१ : मंसिर ४ मा मतदान स्थगित भएको वडामा पुनः मतदान जारी, गणना हुन बाँकी ।

गुल्मी–२ : यस क्षेत्रमा नेकपा एमालेका सचिव गोकर्ण विष्टले अग्रता लिएका छन् । उनले सुर्य चिन्हमा १०१२५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाक्रीले कलम चिन्हमा ८००७ मत प्राप्त गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।