१४ माघ २०७९, शनिबार

Jan 28, 2023

बुटवल । बृहत लुम्विनी महानगरको परिकल्पनासहित शहरी बिकास मन्त्रालयले एउटा महत्वकांक्षि गुरुयोजना तयार पार्दै छ । गुरुयोजना अनुसार पश्चिमतर्फ चन्द्रौटा र पूर्वतर्फ बर्दघाट प्रवेश गरेपछि सडकका छेउछाउंमा बुद्धमुर्तिहरु देखिनेछन् । सडक धुँवा र धुलो मुक्त हुनेछ । सार्वजनिक र नीजि विद्युतीय सवारी साधन चल्दा ध्वनी प्रदूषण पनि आधा घट्नेछ । सडकमा चीवर धारण गरेका भिक्षु–भिक्षुणी देखिनेछन् । विदेशी पाहुनाहरुको स्वागत सत्कार र आतिथ्यतापूर्ण ब्यवहार लोभलाग्दो हुनेछ । बृद्धबृद्धाहरुको हात समाएर घुमाउन निस्किएका युवायुवतीहरु देखेर विदेशीहरुले यहाँको संस्कार र उच्च मानवीय ब्यबहार सिको गरेर फर्कनेछन् ।

Advertisement

बर्दघाटदेखि चन्द्रौटा शिवपुरसम्म विद्युतीय रेल चल्नेछ । डाइभर्सनमार्फत तिनाउमा मिसिएको कालीगण्डकीको पानीले रुपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिन हरियाली हुनेछन् । भैरहवाको गौतम बुद्ध विमास्थल विस्तार हुँदैै जानेछ । फराकिला सडकहरुले चारैतिरबाट विमानस्थल छुनेछन् । बृहत्तर लुम्विनी क्षेत्रमा पर्यटकहरुको ओइरो लाग्नेछ । नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा गगनचुम्बी भवनसहितका आधुनिक स्मार्ट शहरहरु बन्नेछन् । घुमघाम,किनमेल र मनोरञ्जनका लागि पर्यटकहरुहरुलाई भ्याइनभ्याइ हुनेछ । रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लालाई जोडेर बनाउने ‘बृहत लुम्विनी महानगर’ को गुरुयोजनामा यी परिकल्पना उल्लेख भएका छन् ।

बर्दघाटदेखि पश्चिम शिवपुरसम्मको क्षेत्रलाई समेटेर निर्माण हुने ‘बृहत लुम्विनी महानगर’ को गुरुयोजनाको खाका बनाउने काम अगाडी बढेको छ । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले यो क्षेत्रको अध्ययन र गुरुयोजना निर्माणका लागि एसियाली विकास बैंकको सहयोगमा शहरी विकास मन्त्रालय मार्फत काम थालेका थिए । मन्त्रालयले प्रारम्भिक खाका तयार पारेर डिपिआर निर्माणका लागि परामर्सदाता छनोट गरिसकेको छ ।

हालसम्म यस क्षेत्रमा बनेका पूर्वाधारहरुलाई आधार बनाएर बृहत लुम्विनी क्षेत्रको गुरुयोजना निर्माण गर्ने पौडेलकोे चाहनालाई प्राविधिकहरुले केहीवर्ष भित्रै मूर्त रुप दिने तयारी गरेका छन् । ‘अहिले सम्मका आयोजना जनताको आवश्यकता र मागका आधारमा निर्माण भएका हुन्, अव राष्ट्रिय अन्तरराष्ट्रिय विज्ञहरुले पर्यावरण र भुगोलको समेत विस्तृत अध्ययन गरेर गुरुयोजना बनाउने छन’–पूर्व अर्थमन्त्री पौडेलले भने । अब गुरुयोजनाले निर्दिष्ट गरेका आयोजनाहरु प्राथमिकताका आधारमा छनोट गरेर निर्माण गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

गुरुयोजना निर्माण गर्दा यस क्षेत्रको सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक महत्व, लुम्बिनी र बौद्ध संस्कारलाई विशेष ध्यान दिइनेछ । पौडेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही २ को चुनावी घोषणा पत्रको पहिलो नम्बरमै यो विषय उल्लेख गरेका छन् । घोषणा पत्रमा लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको लुम्विनी शान्ति शहरको गुरुयोजना कार्यान्वयनमा लैजाने समेत उल्लेख गरिएको छ । उक्त गुरुयोजना कोरिएन प्रोफेसर क्वाकले निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई बुझाइसकेका छन् ।

क्वाकको गुरुयोजना नै बृहत लुम्विनी क्षेत्रको गुरुयोजनाको आधार स्तम्भ हुने बृहत्तर लुम्विनी क्षेत्रको गुरुयोजना निर्माणको मार्गदर्शन गरिरहेका ईन्जिनियर शुशिल ज्ञवालीको भनाई छ । इन्जिनियर ज्ञवाली पुनर्निर्माण प्राधिकरणका पूर्व सिइओ हुन् । उनी प्राधिकरण मार्फत लाखौं घर, अस्पताल, सार्वजनिक भवन र सम्पदाहरुको समयमै पुनर्निर्माण सम्पन्न गर्ने सफल ब्यक्ति मानिन्छन् । नेता पौडेलकै चाहनामा ज्ञवाली प्राधिकरणको सिइओ भएका थिए ।

‘यति ठूलो क्षेत्रलाई समेटेर गुरुयोजना बनाउने विषय सामान्य विषय होइन, यसका लागि अरबौं बजेट आवश्यक पर्छ तर प्राथमिकताका आधारमा डिपिआर बनाएर काम अगाडी बढाउने योजना छ ’– इन्जिनियर ज्ञवालीले भने । योे गुरुयोजनाको डिपिआरसहितको खाका तया गर्न मात्र गर्न १० वर्ष लाग्न सक्छ तर प्रारम्भिक खाका तयार भैसकेकोले गुरुयोजना भित्रका परियोजनाहरुको डिपीआर गर्दै जाने र डिपिआर तयार भएका योजनाहरुको निर्माण प्रकृया पनि अगाडी बढाउंदै जाने योजना रहेको उनको भनाई छ ।

गुरुयोजना भित्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको विस्तार गर्ने, विमानस्थल जोड्ने सडक सञ्जाल बनाउने, लुम्बिनी शान्ति शहरको गुरुयोजना कार्यान्वयनमा लैजाने, तिलोैराकोटको उत्खनन गरेर त्यस बाहिर ३ हजार बर्ष पुरानो जस्तो देखिने को शहर निर्माण गर्ने, रामग्राम र सैनामैनामा पुरातात्विक तथा सांस्कृतिक शहर बनाउने, बृहत लुम्बिनी क्षेत्र शान्ति क्षेत्र समेत भएकाले प्रदूषणरहित विद्युतीय सवारी र विद्युतीय रेल सञ्चालन गर्ने, सांस्कृतिक–पुरातात्विक सम्पदाहरुको संरक्षण र प्रवर्द्धन गर्ने, तिनाउ कञ्चन रोहिणी नदीहरुमा तटबन्ध,कोरिडोर सडक र हरियाली पार्क बनाउने योजना समेत उल्लेख छ ।

गुरुयोजनाले कृषि क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र, वन क्षेत्र उद्यान क्षेत्र तथा सिमसार, ताल र पोखरीहरुको क्षेत्र बर्गाीकरण गरी भूउपयोग तथा पूर्वाधार विकासका योजना कार्यान्वयन गर्ने भनिएको छ । गुरुयोजनाको खाकाले अन्तिम रुप पाएपछि पहिलो चरणमा बुटवल, तिलोत्तमा र सैनामैनामा जग्गा एकीकरण(ल्यान्ड्पुलिङ्ग) अवधारणाअनुरुप नयां शहरहरुको विकास गर्ने भनिएको छ ।

पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक विस्तार, बुटवल–चन्द्रौटा सडक, बुटवल–पोखरा सडकमा आवश्यक सुरुङ्मार्ग तथा अग्ला पुलहरु (भायडक्ट) सहित स्तरउन्नती गर्ने, तिनाउमा आकर्षक सिग्नेचर व्रिज बनाउने, पुरानो बटौली बजारलाई ऐतिहासिक शहरमा पुनरोत्थान गर्ने भनिएको छ ।

त्यसबाहेकका आयोजना गुरुयोजनाको डिपिआर बनाउने प्राविधिकहरुले छनोट गर्नेछन् । प्राविधिकहरुले सांस्कृतिक शहर, बहुतले विल्डििड्. सहितका शहर, आवास क्षेत्र, किनमेल क्षेत्र, औद्योगिक क्षेत्र, पर्यापर्यटन क्षेत्र, कृषि क्षेत्र छुट्याएर डिपिआर बनाउनेछन् । पछि बृहत लुम्बिनी विकास क्षेत्रलाई कुनै प्राधिकरण वा अन्य सरकारी संरचना मार्फत विकास गर्ने योजना समेत नेता विष्णु पौडेलको छ । गुरुयोजनाले मसिनोे गरी बनाएको डिपिआर अनुसार साना ठूला आयोजनाहरु तीन तहका सरकारहरुले कार्यान्वयन गर्दै जाने र २० वर्षभित्र बृहत लुम्बिनी क्षेत्र मुलुककै विशेष आर्थिक केन्द्रको रुपमा तयार हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ यस्तो रहनेछ आजको मौसम सर्वोच्चको फैसलाले रविको रफ्तारमा रोक एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित) रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब