ताजा अपडेट »

रुपन्देही-१ : संघ र प्रदेशका २ क्षेत्रमा कसले मार्ला बाजी ?

आइतबार, २० कार्तिक २०७९, २२ : ५४
20 Shares

देवदह । नेकपा एमालेका दुई पुर्व सहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्वर १, मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ । सबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेपनि नेकपा एमाले, राप्रपा र जसपाका उम्मेदवार छविलाल विश्वकर्मा वाहेक अन्य उम्मेदवारलाई भने जित निकाल्न सहज देखिदैन ।

स्थानीय निर्वाचन २०७९ मा प्राप्त गरेको मतलाई आधार मान्दा पार्टी छाडेर सत्ता गठवन्धनको समर्थन पाएका घनश्याम भूसाल भन्दा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवार विश्वकर्माको मत निकै धेरै देखिन्छ । रुपन्देहीको क्षेत्र नम्वर १, मा १ लाख ३९ हजार ५ सय ६० मतदाता रहेका छन । स्थानीय तह २०७९ निर्वाचनको मत परिणामलाई हेर्दा सत्ता गठबन्धनसंग नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्यि जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्यि जनमुक्ति पार्टी लगायतको प्राप्त मत जोड्दा करिव ४० हजार हुन आउछ ।

यसैगरी नेकपा एमाले, राप्रपा र जसपाको प्राप्त मत जोड्दा करिव ५२ हजार रहेको छ । रुपन्देहीको क्षेत्र नम्वर १, मा दुई गठबन्धन भन्दा बाहिर करिव ७ हजार मत रहेको पाईन्छ । यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई गठबन्धनका उम्मेदवार वाहेक अन्य दल र स्वतन्त्रको उम्मेदवारी समेत रहेको छ । तत्कालिन नेकपा एमाले देवदहका अध्यक्ष रहेका टिकाराम चापागाईले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिनु भएको छ । स्वतन्त्र उम्मेदवार चापागाईले समेत आफुले जित्ने दावी गरिरहेका छन् । दुवै गठबन्धनको मत आफूले प्राप्त गर्ने हुँदा आफ्नो जित सुनिश्चित रहेको चापागाईले दावी गरेका छन् ।
यता स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भूषालले सत्ता गठवबन्धनको समर्थन रहेकोले आफ्नो जित सुनिश्चित रहेको बताउदै आएका छन् ।

तर स्वतन्त्र उम्मेदवार चापागाईले भने नेकपा एमालेले टिकट नदिएपछि पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका भूषालको जित्ने संभावना नरहेको दावी गरेका छन् । नेकपा एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धन भन्दा करिव १५ हजार बढि मतले आफूले जित निकाल्ने दावी गरेका छन् । रुपन्देहीको निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेपछि तेश्रो शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी र चौथो शक्तिका रुपमा जनता समाजवादी पार्टीको रहेको छ । यी तथ्यगत आधारलाई हेर्दा पनि नेकपा एमाले नेतृत्वको साझा उम्मेदवारहरुको पल्ला भारी रहेको छ ।

यसैगरी रुपन्देहीको क्षेत्र नम्वर १(१) मा नेपाली काँग्रेसका विश्वनाथ यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका आशिषकुमार चौधरी प्रतिस्प्रर्धामा उत्रिएका छन् । दुवै उम्मेदवारले निर्वाचन आफ्नो पक्षमा रहेको दावी गरिरहेका छन् । २०७९ को स्थानीय तहको प्राप्त मतलाई आधार मान्दा १(१)मा सत्तागठबन्धनको पक्षमा करिव २० हजार मत रहेको छ भने नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त प्यानल संग करिव २८ हजार मत देखिएको छ । त्यसैगरी क्षेत्र नम्वर १(२) मा नेकपा एमालेका दधिराम न्यौपाने र नेपाली काग्रेसका अव्दुल रज्जाकले पनि जित सुनिश्चित रहेको दावी गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा सत्तागबन्धनको तुलनामा एमाले बलियो रहेको पाईन्छ ।

क्षेत्र नं १(२)मा सत्ता गठवबन्धनको करिव २० हजार मत रहेको छ भने, एमाले, राप्रपा र जसपाको करिव २४ हजार मत रहेको छ । स्थानीय तह २०७९ मा यस क्षेत्रका राजनैतिक दलहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने, नेकपा एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारको मत बढिरहेको देखिन्छ । स्वतन्त्र उम्मेदवार टिकाराम चापागाई र अन्य उम्मेदवारहरुले दुवै गठबन्धनको समान मत पाउने राजनीतिक विश्लेषकहरुको भनाई रहेको छ । नेकपा एमालेको संगठन मजवुत भएको र पछिल्लो समय राप्रपाका मतदाता बढेकाले यस पटकको निर्वाचनमा पनि एमाले–राप्रपा र जसपाको गठबन्धनकै उम्मेदवारहरुले जित निकाल्न सक्ने संभावना बढेर गएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।