६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित विभिन्न योजना शुरु गरेको छ । स्पोर्टी लुक्स खोज्ने ग्राहक केन्द्रित नयाँ बाईक लन्चसंगै सांगितिक कार्यक्रमहरुमार्फत देशब्यापी कार्यक्रम सञ्चालन गरेको छ । चर्चित गायक प्रमोद खरेल, गायिका टीका प्रसाई र हास्यकलाकार सुमन कार्कीको उपस्थितिमा साङ्गीतिक कार्यक्रम शनिबार बुटवलमा हुने रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिका संचालक कपिल खड्काले बताए ।

Advertisement

‘स्पोर्टी लुक्सको बजाज पल्सर एनएस १ सय २५ सिसि नया बाईक लन्च गर्दैछौ ।’–उनले भने । यो बाईक तराई सडकका लागि धेरै उपयोगी र ईकोनोमी बाईक भएको उनको दाबी छ । विश्वब्यापी रुपमा वातावरण जोगाउने मापदण्ड बिएस सिक्स प्रविधिको पहिलो बाईक भएको उनले बताए । युवा र संगितलाई जोडेर प्रचार गरिएको उनले बताए । पुर्व ईटहरीबाट १३ तारिकमा शुरुभएर बुटवलमा शनिबार गरिदै आएको छ । यसैगरि असोज १ गते विश्वकर्मा पुजाको दिन बुटवलमा सागितिक कार्यक्रमसहितको लन्चिङ कार्यक्रम गर्न लगेको उनले बताए । आकर्षण लुक्ससंगै ईकोनोमी बाईक भएको उनले बताए । बजार मुल्य २ लाख ७९ हजार ९ सय रुपैयामा रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरि ४ कलरमा बजारमा आएको छ । यो संगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउने भएको छ ।

हंसराज हुलास चन्द एण्ड कम्पनी बजाजको सेल्स रिजनल अफिसर प्रकाश शर्मा मरासिनीले ग्राहकका लागि ‘बजाज आधाको आधा’ नामक ग्राहक योजना समेत ल्याएको बताए । जस अन्तर्गत ग्राहकलाई आफूले किन्न लागेको बाइकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेण्ट गरी बाइक लैजान सक्ने सुविधा रहेको छ । यस योजना अन्तर्गत हरेक बाईकको खरिदमा सात हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीले बताएको छ । बजारमा १८ वटा मोडलहरु बजाजका दुईपाग्रे सवारीसाधनहरु बिक्रीवितरण हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य