६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

मुगु । नेपालको सबैभन्दा ठुलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि माटो मात्र प्रयोग गरेको पाइएको छ ।  ताल्च जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको करिब ४ किलो मिटर सडकखण्डमा बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको हो ।

Advertisement

मुगुको रारा जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरेको पाइएको छ । सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो छैन र पहिरो रोक्न वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ । मेसेनरी वाला निर्माणमा बालुवा, सिमेन्ट र ढुङ्गाको समिश्रण हाल्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको छायांनाथ रारा नगरपालिका-८ का स्थानीय हरिकृष्ण बिष्टले बताए । 

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा जाने यो सडकमा सिमेन्टमा बालुवा मिसाएर प्रयोग गर्नुको साटो माटो प्रयोग गरेर गुणस्तरहीन वाल बनाइँदै गरिएको छ । यस सडकमा काम गरिरहेका कामदारले पनि बालुवाको नाममा माटो प्रयोग गर्ने गरेका र ठेकेदारले जे काम गर्न आदेश दिन्छ त्यसै अनुरुप काम गर्ने गरेको कामदारहरूले बताएका छन् ।      

सडक डिभिजन कार्यलय जुम्लाअन्तर्गत २ करोड ३८ लाख  लागतमा नाङजिल एण्ड आकांक्षा मजदुर जेवीले सडकको वाल निर्माण तथा ग्राभेल गर्ने कामको जिम्मा पाएको हो । सडक निमार्णको काममा  ग्राभेल राम्रै भए पनि वाल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको छायांनाथ रारा नगरपालिका-८ का वडा अध्यक्ष कर्णबहादुर रावलले बताए । यस सडकको लम्बाई ४ किलोमिटर ४ सय ६० मिटर छ । सडकको अधिकांश मेसेनरीवाल निर्माणमा टालटुल गरेको पाइन्छ । कामको जिम्मा पाएको ठेकेदार कम्पनीले कामदारहरूलाई पेटिमा काम गर्न लगाउने र घनमिटरका आधरमा प्रतिघनमिटर १ हजारका दरले भुत्तानी गर्ने गरेको खुलेको छ ।

ठेकेदार कम्पनीको लापरबाहीले बालुवाको साटो माटो प्रयोग गरेर  गैरजिम्मेवार रुपमा काम गरिएको कर्णजङ्ग शाहीले जानकारी दिए । दीर्घकालीन सोचसहित गुणस्तरीय काम हुन नसके यहाँका सडक  कसैका लागि कमाइ खाने भाँडो मात्र बनेको प्रष्ट बुझ्न सकिन्छ । 

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य