५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुपन्देहीको रोहिणी गाउँपालिकाका चार वटा विद्यालय छनोटमा परेका छन् । छनोटमा परेका विद्यालयहरुमा भवन निर्माण तथा कम्युटर ल्याब स्थापना (आइसिटी) हुनेछन् । छनोटमा परेका विद्यालयहरुमा श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालय रोहिणी–३ धकधई, श्री सरस्वती आधारभूत विद्यालय रोहिणी–७ टिकर, भविष्य उज्जवल आभारभूत विद्यालय रोहिणी–४ पकडिहवा र श्री छिपागढ माध्यमिक विद्यालय रोहिणी–४ छिपागढ रहेका छन् ।

श्री रामनरेश यादव आदर्श मा.वि.को सूचना सञ्चार प्रविधि (आईसिटी)का लागि रु. ६ लाख ५० हजार, श्री सरस्वती आधारभूत विद्यालयको चारकोठे भवन निर्माणका लागि रु. ४५ लाख, भविष्य उज्जवल आधारभूत विद्यालयको दुईकोठे भवन निर्माणका लागि रु. २२ लाख ५० हजार र छिपागढ माविको सूचना सञ्चार प्रविधि (आईसिटी)का लागि रु. ६ लाख ५० हजार बजेट परेको छ । रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षा क्षेत्रको विकासलाई तीनै तहका सरकारले प्राथमिकता दिनुपर्ने बताए ।

बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । उक्त कार्यक्रमका लागि देशभरबाट ३ हजार ४७५ विद्यालय विद्यालय छनोट भएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ