ताजा अपडेट »

फापरको ढिंडो धुँवाखोलाको चिनो

विहीबार, ३० भदौ २०७९, १५ : ०८
64 Shares

गुल्मी । उच्च पहडी टापु । त्यस माथि उत्तर बाग्लुङ्गतर्फ सेताम्मे हिउँले टल्कीएका अनेकन हिमालका चुचुराहरु हेर्दा मनोरम त छ तर साह्रै चिसो । र पनि त्यहाँ पाईने परिकारहरुले ज्यान तताउन सुरु गर्छ र चिसो भगाउँछ । जहाँ शहर बजारमा दुर्लभ प्रायः मानिने परिकारहरु छयासछ्यस्ती पाईन्छ । त्यसमा पनि फापरको डिंडो र लोकल कुखराको रस चिनोकै रुपमा ग्रहण गर्छन त्यहाँ पुग्ने मानिसहरुले । त्यो थलो हो गुल्मीको कालिगण्डकी गाउँपालिका–७ ,साविक भुर्तङ्ग गाविको टापु धुँवाखोला गुरुङ्ग वस्ती ।

‘कौडेको लेक’ भन्न वित्तिकै पश्चिम नेपालका मानिसहरुका लास्कगि प्रसिद्ध थलो हो । त्यसको काँखमा अवस्थित छ धुँवाखोला गुरुङ्ग वस्ती । बाग्लुङ्गवासी बुढापाकाहरुले तल पुर्तिघाट बजार र बुटवल सम्मबाट नुनको भारी बोक्दा बासा बस्ने स्थानका रुपमा ओंठमा झुण्डाउने नाम हो धुँवाखोला । बाग्लुङ्गको बरेङ्ग बजार नजिकै पर्ने धुँवाखोलामा होमस्टे सञ्चालन गरिए पछि गुल्मी र बाग्लुङ्गका मानिसका लागि मात्र नभइ अन्य जिल्लाका मानिसहरुका लागि समेत धुवाँखोला वस्ती आनन्द भुमी बन्न पुगेको छ ।

त्यस पालिकाले धुँवाखोला सामुदायिक होमस्टेका रुपमा विकास गरे पछि पोखरा आउने बाह्य पर्यटक, यता भैरहवा, बुटवल तर्फका मानिसहरुको पनि त्यहाँ आउने क्रम बढिरहेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष यानेन्द्र जिसी भन्छन् धेरै स्थानका होमस्टेहरुमा पुगियो तर धुँवाखोला होमस्टे कौडेको लेख र उत्तर तर्फ बाग्लुङ्गका अनेकन हिमश्रखलाहरुका कारण बेग्लै आनन्दको अनुभुति दिने थलोका रुपमा पाएँ ।

समुन्द्रि सतहदेखि झण्डै २४ सय मिटर ईचाईमा पर्ने कौडेको लेकको टापुमा सत्यवती मन्दिर छ । जहाँ कौडे राजाले राज गर्ने दरवार रहेको, त्यही दरवार नजिकै एउटा यस्तो कुवा छ । जुन कुवा वर्षायामा पानी बढि भएर न बगेर बाहिर जान्छ न हिउँदयामा मानिसहरुले सबै झिकेर सक्छु भन्दा पनि पानीको सतह कम हुन्छ । दैविशक्तीका रुपमा त्यहाँका वासीन्दाले लिने गरेको त्यस कुँवा–पँधेर अलि तल करिव पाँच मिनेटको दुरीमा धुँवाखोला गाउँ छ । धुँवाखोला सामुदायिक होमस्टेका सचिव आशिष तमुका अनुसार त्यस गाउँमा करिव ७५ घरधुरी गुरुङ्गहरु बसोबास गर्छन । गुरुङ्ग सभ्यता र सांस्कृतिमय त्यस धुँवाखोलामा पुग्ने पाहुहरुलाई सुरुमै सगुनका रुपमा जडीबुटी र कोदोद्धारा बनाईएको पेय पदार्थ, बाँकाको अचार, कोदो फापरको सेल रोटी, मकै भटमास टकार्ने गरिन्छ ।

No description available.

कार्यालय तथा सामुहिक मनोरञ्जन स्थलका रुपमा कालिगण्डकी गाउँपालिकाले एउटा हल निर्माण गरि दिएको छ । हाललाई पाँच घरधुरीमा २० जना क्षमताको होमस्टे बनाइर्ए पनि पुर्व जानकारी दिए सय जना पाहुनाहरु राख्न सकिने सचिव आशिष तमु बताउँछन् । पश्चिम पाहडका सबै प्रकारका स्थानीय परिकार पाईने त्यस थलोलाई स्थानीय उत्पादन मै आधारित आय आर्जनमुलक कार्यक्रम सञ्चालन गर्ने अवधारणा अगाडी सारिए पछि होमस्टे सबै भन्दा उत्तम लागेर सञ्चालन गरिएको कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद थापा मागर बताउँछन् ।

बाक्लो गुरुङ्ग वस्ती भएकोले उनीहरुकै भाषामा प्राथामिक तहको विद्यालय सञ्चलनका लागि पालिकाले अनुदानमा शिक्षक राखेर सञ्चालन समेत गर्दै आएको थापाले बताए । पहिलो स्थानीय तहको निर्वाचनमा समेत सोही पालिकाको अध्यक्ष रहेका थापाले पहिलो कार्याकालबाटै सुरु गरेको होमस्टेमा बिशेष गरि महिलाहरु आत्मानिभर बन्दै गएका छन् ।

No description available.

युवाहरु पनि कोही होमस्टेलाई आवश्यक स्थानीय खाद्यवस्तु उत्पादन त कोही व्यवसायीक किबी खेतमा लागेर गाउँमै स्वरोजगार बन्दैछन् । होमस्टे सञ्चालक समितिका अध्यक्ष राजेन्द्र गुरुङ्ग र सचिव आशिष तमुले सामुहिक रुपमा २५० बोट भन्दा बढि किवी खेती सुरु गरेका छन् । त्यसमा गाउँपालिकाले पनि प्रोत्साहित गरिरहेको छ । जिल्लामा सबै भन्दा बढि बसा्ई सराईको मारमा परेको कालिगण्डी गाउँपालिकालाई त्यो क्रम रोक्न कसरी सकिन्छ भन्ने कुरामा धुवाखोलाको होमस्टे र अन्य आय आर्जनमुलक कार्यक्रम एउटा पाठ बनिरहेका छन् ।

दिदी बहिनीहरुले घरको काम–काज संगै टोपी, झोला , सुईटर अतिरिक्त आम्दानी पनि लिन थालेका छन् । बाँसबाट बन्ने विभिन्न घरेलु सामग्री उत्पदान गनेृ त्यो पहिले देखिनै प्रशिद्ध थलो हो ।तीनै उत्पादनहरुलाई ब्यवसायीकरण गर्नका लागि थप के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भईरहेको गाउँपालिका अध्यक्ष थापा बताउँछन् । धुँवाखोलाको होमस्टे सञ्चालन र त्यहाँका स्थानीय उत्पादन बृद्धिमा त्यस गाउँपालिकाका पुर्व प्रमुख प्रशासकियअधिकृत बाबुराम पल्लीको पनि निकै ठुलो योगदान रहेको स्थानीयवासीले बताए । बाग्लुङ्गको बरेङ्ग बजारको कोखैमा रहेको धुँवाँखोला पुगे पछि माथी कौडेको लेक सहित अनेकन मनोरम थलोमा घुम्न सकिन्छ । चिसो मौसमा हिउँसंग खेल्न–रमाउन चाहनेहरुका लागि त्यो ठाउँ थप आकर्षक गन्तब्य हो ।

No description available.

गुल्मीको पवित्र धार्मिक स्थल रिडी, रुद्रवेणीबाट पुर्व कालिगण्डकीको तिरैरितरी कालिगण्डकी कोरिडोर सडकको यात्रा गर्दै अगाडी बढ्दै जाँदा मिर्मि ड्याममामा फोटा खिचाउनेहरुको निकै भिड देखिन्छ । त्यहाँबाट कोही गाडीमै अगाडी बढ्छन् त कोही स्टेम्वर चढेर माथी सेतीवेनी सम्मको यात्रा गर्छन र विश्वकै विशास शालिग्रामको दर्शन गरि पारी अर्वेनीको मुख्य सडकमा निस्कीर जयखानीको अर्को प्रशिद्ध मन्दिर हुँदै पुर्तिघाट बजार पुग्छन् ।

त्यहाँबाट करिव ४५ मिनेट गाडीको यात्रमा धुँवाखोला पुग्न सकिन्छ । उता शान्तिपुरबाट बरेङ्ग बजार हुँदै करिव डेढ घण्टा गाडीको यात्रामा धुँवाखोला आई पुगिन्छ। त्यहाँको कोशेलीका रुपमा सिल्तुङ्ग दाल, भट्टेसिमी, गहत, गुन्द्रुक, सिस्नोको धुलो, बाँको, सिलाम र औषधीजन्य जडिबुटीहरु पनि ल्याउन सकिन्छ । स्थानीय हस्तकलाहरुले पनि पाहुनाहरुकै माग थेग्न नसकिने अवस्था रहेको त्यहाँका दिदी वहिनीहरु बताउँछन् । २०५८ सालतरि छिमेकी गाउँ खड्ककोटबाट बसाई सराई गरेका नेपाली सेनाकाा अवकास प्राप्त प्रमुख सेनारनी कर्णेल इमानाथ ढकाल भन्छन्–‘ धुँवाखोलाको होमस्टेले पटक पटक गाउँ तानिरहेको छ, बेला बेलामा आउने गरिन्छ । बास्तवमै अहिले त यो गाउँको बसाई स्वर्ग जस्तै लाग्न थालेको छ ।

No description available.

उनीसहित त्यस भेगबाट कोही पोखरा, कोही बुटवल भैरहवमा त कोही काठमाण्डौँतिर बस्न थालेका थुप्रै मानिसहरु पनि त्यस होमस्टेमा आउन थाल्नुले त्यस होमस्टेलाई शहरका मान्छे गाउँ तान्ने चुम्बकका रुपमा एउटा सानो प्रयासले पनि बसाई सराई रोक्न सकिन्छ भन्ने धुँवाखोलाले उदाहरण दिए पछि पालिकाले बंगुर पालन, माछा मालन सहित कृषि उत्पादनलाई जोड दिएको छ । अन्य पालिकामा खरको छानामुक्त गाउँ बनाउन जस्तापाता वितरण गरेको छ, तर तपाईको पालिकामा त त्यो कायृक्रम छैनन नि ?भन्ने प्रश्नमा गाउँपालिका अध्यक्ष्ँ थापा भन्छन्-‘हामी जनतालाई उत्पादनमुखी बनाएर आफै टिनको छाना छाउन सक्ने बनाउँदैछौं।’

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार