८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

गुल्मीको रेसुङ्गा नगरपालिकामा रहेको तपोभूमि तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा पर्यटन व्यवसायीसहित परिषद् भ्रमण टोली ।

बुटवल । पर्यटन विकास परिषद् लुम्बिनीले लुम्बिनीको पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनका लागि अभियान सुरु गरेको छ । अभियान अन्तर्गत प्रदेशको पर्यटन विकासको लागि प्रदेशभित्र रहेका १२ वटा जिल्लाका पर्यटकीय स्थलको पहिचान गरी स्थानीय सरकारसँग पनि सहकार्य गरेर ती स्थलको प्रवर्द्धन गरिने परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए ।

Advertisement

रेसुङ्गासहित गुल्मीको पर्यटनका सम्भावना र चूनौती बारे छलफलपछि रेसुङ्गाका जनप्रतिनिधि, गुल्मीका पत्रकारसहित परिषद् भ्रमण टोली ।

अभियान अन्तर्गत परिषद्ले पहिलो चरणमा हालै गुल्मी र अर्घखाँचीमा तीन दिने अवलोकन भ्रमण गरेको छ । भ्रमणमा परिषद्ले स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीसहित सरोकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल गरेको निर्देशक जोशीले बताए ।

स्याङ्गजा ,पाल्पा र गुल्मीलाई जोड्ने रिडीस्थित तीनमुखे पुलको अवलोकन तथा रिपोर्टिङ पश्चात रुपन्देहीका पत्रकार ।

उनले भने ‘हामी अहिले पहिलो चरणमा लुम्बिनी प्रदेशका सबै जिल्लाका पर्यटकीय स्थलको पहिचान गर्ने र ती स्थलको प्रवर्द्धनका लागि योजना निर्माण तथा स्थानीय निकायसँग सहकार्य गर्ने अभियानमा छौं । पहिलो चरणमा गुल्मी र अर्घाखाँचीमा रहेका पर्यटकीय स्थलको जानकारी लिएका छौं । यसरी नै अन्य जिल्लामा पनि भ्रमण गरी पर्यटकीय स्थलको पहिचान गरेर प्रवर्द्धनका लागि योजना बनाई कार्यान्वयन गर्नेछौं ।’

गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफाको भ्रमण र रिपोर्टिङ पछि लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशकसहित भ्रमण टोली ।

भ्रमणमा गुल्मीको रिडीस्थित तीन मुखे झोलुङ्गे पुल,तपोभूमि रेसुङ्गा, विचित्र गुफा र अर्घाखाँचीको नरपानी,सुपा देउराली ,खाँचीकोट लगाएतका पर्यटकीय स्थलको अवलोकन गरेको हो । अवलोकनसँगै परिषद्ले स्थानीय तथा सरोकारवालासँग ती स्थानका बारे जानकारी लिएको परिषद्का सदस्य हरिप्रसाद पोख्रेलले बताए । उनले भने ‘दुई जिल्लाका केहि क्षेत्रको स्थलगत भ्रमणमा हामीले स्थानीय तथा सरोकारवालासँग जानकारी लिएका छौं । यसरीनै आगामी दिनमा अन्य जिल्लाका पर्यटकीय क्षेत्रमा पनि भ्रमण गरी जानकारी लिने छौं ।

अर्घाखाँचीको नरपानीमा अवलोकन तथा रिपोर्टिङको लागि पुगेका रुपन्देहीका पत्रकार ।

लुम्बिनी पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना रहेको बताउँदै गुल्मी र अर्घाखाँचीमा पनि बाह्य पर्यटक भित्राउन सरोकारवालाले पहल गर्नुपर्ने आवश्यकता रहेको परिषद्का कार्यकारी निर्देशक जोशीले बताए । उनले भने ‘राष्ट्रिय अन्तराष्ट्रिय रुपमै लुम्बिनी पर्यटकीय दृष्टिकोणले चर्चामा छ । तर, अब लुम्बिनी प्रदेशका सबै जिल्लाका पर्यटकीय क्षेत्रमा बाह्य पर्यटकलाई पनि पुर्याउन आवश्यक छ । गुल्मीमा रहको रेसुङ्गा,विचित्र गुफा, अर्घाखाँचीमा रहेको नरपानी,सुपा देउराली जस्ता स्थानमा पर्यटक पुर्याउन सिमा नाकादेखि प्रचार तथा प्रवर्द्धन गर्नु पर्दछ । यसका लागि हामी सरोकारवालासँग सहजीकरण तथा सहकार्य गरेर अगाडि बढ्ने छौं।’

अर्घाखाँचीको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र खाँचीकोटमा लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का निर्देशक,सदस्यसहित पत्रकार ।

रुपन्देहीका करिब दर्जन पत्रकारसहित पर्यटकीय भ्रमण गरेको परिषद्ले गुल्मीको रुरु गाउँपालिका र रेसुङ्गा नगरपालिकाका जनप्रतिनिधिहरुसँग त्यहाँको पर्यटकीय अवस्था बारे जानकारी लिएको थियो । साथै परिषद्ले गुल्मीका पत्रकार तथा पर्यटन व्यवसायीहरुसँग पनि छलफल गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर