६ आश्विन २०८०, शनिबार

Sep 23, 2023


भैरहवा । आयोजक लिस्नु युवा क्लव रुपन्देहीको कोटीहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार कोटीहवा स्थित पशुपति माविको मैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा प्रतियोगिताको दाबेदार मानिएको भैरहवाको अञ्चलपुर युवा क्लव(एवाईसी)लाई २–१ गेल अन्तरले पराजित गर्दै आयोजक लिस्नुले सेमिफाइनलको यात्रा तय गरेको हो ।

Advertisement

पुर्बाद्र्धको ३५ मिनेट १–० गोलले अग्रता गरे पनि अञ्चलपुर उत्तराद्र्धको खेलमा सम्हालिन नसक्दा २ गोल खान पुग्यो । अञ्चलपुरको कमजोर रक्षापंतीलाई तोडदै आयोजक लिस्नुले जित सुनिश्चित गरयो । खेल सुरु हुन लाग्दा भएको बर्षाले मैदान हिलाम्मे मैदान बन्दा उत्तराद्र्धमा खेलमा फर्कने प्रयास अञ्चलपुरले गरे पनि असफल भयो । अञ्चलपुरको केही राम्रा प्रहार जस्ले खेललाई बराबरीमा ल्याउन सक्थ्यो लिस्नुका गोलरक्षकले असफल तुल्याए ।

खेल सुरु भएको २५ मिनेटमा अञ्चलपुरका शिशिर लेखीले पहिलो गोल गर्दै १–०ले अग्रता दिलाउन सफल भएका थिए । पुर्बाद्र्धको ३५ मिनेट सम्म अग्रता जोगाउन अञ्चलपुर सफल भए पनि उत्तराद्र्धमा बचाउन सकेन् । उत्तराद्र्धको ३९ औं मिनेटमा लिस्नुका खेलाडीलाई डि क्षेत्र भित्र अञ्चलपुरका रक्षकले लडाए पछि पेनाल्टी हान्ने अवसर पाएको लिस्नुले सहजै गोल गर्दै खेललाई १–१को बराबरीमा ल्यायो । लिस्नुबाट खेलेका अफ्रिकन खेलाडी फोफनाले पेनाल्टीमा गोल गरेका थिए । ४५ मिनेटमा राजेन्द्र रावलले गोल गर्दै लिस्नुलाई २–१को अग्रता दिलाए ।

अन्तत वर्षा द्धारा प्रभावित ७० प्लस ९ मिनेटको खेलमा लिस्नुले जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरयो ।
खेलमा लिस्नुका राजेन्द्र रावलले उत्कृष्ट खेल प्रदर्शन गरेबापत म्यान अफ द म्याच घोषित हुदै ३ हजार रुपैया पुरस्कार प्राप्त गरे । रावललाई अञ्चलपुर युवा क्लवका अध्यक्ष एवं समाजसेवि सुर्य कुमार सारु मगरले पुरस्कृत गरे । त्यसै गरी माईडियाको अधिकृत बिक्रेता प्रेमपदमा ट्रेडर्श भैरहवा द्धारा प्रायोजित माईडिया म्यान अफ द मुमेन्ट बाट अञ्चलपुरका शिशिर लेखी पुरस्कृत भए । उन्लाई माईडियाका प्रबन्धक कमल गुरुंगले उपहार सहित पुरस्कृत गरे ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका गरी १६ टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाईनल खेलहरु शुक्रबारबाट सुरु हुनेछ । लिस्नु कपको बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्बाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।

प्रतियोगितामा यस पटक सोहि स्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिम बहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य