१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

भैरहवा । ५८ औं बालदिवसको अवसरमा आयोजित अन्तर बाल क्लब हाजिरी जवाफ प्रतियोगितामा छोटकी रामनगर माध्यमिक बिद्यालय प्रथम भएको छ । ओमसतिया गाउँपालिकाद्वारा गाउँपालिका स्तरका बाल क्लब बिच आयोजित हाजिरी जवाफ प्रतियोगितामा ठुठिपिपल माध्यमिक बिद्यालय द्वितिय, जन जागृती माध्यमिक बिद्यालय करुवानी तृतिय भएको छ ।

Advertisement

यसै गरि कोटही आधारभूत बिद्यालय सान्त्वना, पटखौली माध्यमिक बिद्यालय पाचौं र दशरथ जनता माध्यमिक बिद्यालय बसन्तपुर छैठौ भएको पालिकाका शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेलले जानकारी दिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले बाल सहभागिताको दृष्टिकोणबाट कार्यक्रम तर्जुमा गर्दा उनीहरूको साथमा बसेर कार्यक्रमको उद्देश्य बारे छलफल गर्नु पर्ने बताए । “जबसम्म हामीभित्रको सोचमा परिवर्तन हुन सक्दैन यसको सार्थकता त्यति हुन सक्दैन ।” उनले भने “यसका लागि केन्द्र देखी स्थानिय तह सम्मका यस क्षेत्रमा क्रियाशिल बालअधिकारकर्मी गैरसरकारी संस्थाहरू सरकारका विभिन्न निकायहरू मन्त्रालय केन्द्रीय बाल कल्याण समिति लगायतका निकायहरू बीचमा पनि यसको सैद्धान्तिक पक्षका बारेमा छलफल हुनु जरुरी छ ।”

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बालविकासमा सहयोग पुग्ने गरि ओमसतिया गाउपालिकाले पनि आफ्नो कार्यक्रमहरु अगाडी बढाएको बताईन । बालबालिकाको लागि गाउपालिकाले बजेट बिनियोजनमा प्राथिमकता दिएको उनले दावी गरिन । उनले ओमसतिया गाउपालिकालाइ बालमैत्री स्थानीय शासन गाउपालिकाको रुपमा घोषणा गर्ने तर्फ उन्मुख रहेको र यसको लागि सबैको सहकार्य आवश्यक रहेको बताईन ।

ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादवको अध्यक्षता, उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डे, बिभिन्न बिद्यालयका प्रधानअध्यापक, शिक्षकको उपस्थिति रहेको थियो । महिला तथा बालबालिका शाखा प्रमुख निर्मला पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली