१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माविले राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । ‘बाल मैत्री समाजको आधार, जिम्मेबार परिवार उत्तरदायी सरकार’-भन्ने मूल नाराका साथ बुधबार ५८ औं राष्ट्रिय बाल दिवस मनाएको हो ।

दिवसका अवसरमा वार्षिक परीक्षा २०७८ मा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ । यसै बीच विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले कान्ति बाल वाटिका नामक भित्ते पत्रिकाको प्रकाशन तथा विमोचन गरिएको छ । बुटवल उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्र मणी खनालले पत्रिकाको विमोचन गर्दै निरन्तरताका लागि आग्रह गरे । भित्रे पत्रिका प्रकाशन गरी विद्यार्थीका प्रतिभाहरु प्रस्फुटन गर्ने कुरा जति महत्वपूर्ण छ, त्यतिनै चुनौतीपूर्ण निरन्तरता दिनमा रहेको उनले बताए ।

विद्यालयले मासिक रुपमा पत्रिका प्रकाशन गर्ने जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, विद्यालयका उप-प्राचार्यद्वय पूर्णभ्रद उपाध्याय, केदारनाथ ज्ञवाली तथा विद्यालयका शिक्षक कर्मचारीको उपस्थिती रहेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली