१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

काठमाण्डौं । राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना ब्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा बधाई तथा शुभकामना व्यक्त गरेकी हुन । 

Advertisement

संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हामीले हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउदै आएका छौँ,’’ राष्ट्रपतिले भनेकी छन् । 

यस वर्ष पनि “बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल विषयका साथ राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको छ ।

बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार‚ गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता पर्दछ । 

राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि आफ्नो बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको छ । 

राष्ट्रपति भण्डारीले बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न सम्बद्ध पक्षको ध्यान आकृष्ट पनि गराएकी छन् । 

राष्ट्रपति भण्डारीले बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज‚ निजी क्षेत्रले निर्वाह गर्दै आएको  भूमिकाको लागि धन्यवाद समेत दिएकी छन् । ‘‘बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पालनपोषण‚  शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान प्रदान गर्ने विश्‍वास व्यक्त गर्दछु,’’ सन्देशमा भनिएको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली