१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023


नवलपरासी । नेपाल फोटो पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा अनिल यादव चयन हुनुभएको छ । आज परासीमा सम्पन्न महासंघको दोस्रो साधारण सभा तथा अधिवेशनले यादवलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महासंघको उपाध्यक्षमा हुसेन अन्सारी, सचिवमा उमेश वि.क., कोषाध्यक्षमा बिकास अधिकारी र सहसचिवमा रविन्द्र यादव चयन भएका छन ।

११ सदस्यि समितिको सदस्यहरुमा उर्मिला यादव, आरती राना, जितेन्द्र गुप्ता, प्रदिप पाठक, माधव घिमिरे र राज चौधरी चयन भएका छन् । अधिवेशन उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवले पत्रकारीता पेसालाई थप मर्यादित बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए। व्यवसायिक पत्रकारीताको धर्म नछाडि निष्पक्ष पत्रकारीता आजको आवश्यकता भएकोमा उनको जोड थियो । जिल्ला समन्वय अधिकारी मान बहादुर खड्काले पत्रकारीतामा देखिएका चुनौती पत्रकारलेनै समाधान गर्नुपर्नेमा जोड दिदै सकारात्मक पक्षलाई थप उर्जा प्रदान गर्ने र नकारात्मक कामलाई निरुत्साहित गर्न पत्रकारीता केन्द्रित हुनुपर्नेमा जोड दिए ।

पत्रकार महासंघका अध्यक्ष हरि शर्माले नवलपरासीको पत्रकारीतामा विकृति मौलाएको बताउदै यस्लाई सुधार गर्नुपर्ने बताए । समाचार खोजि गरी लेख्ने भन्दा पनि चाकडी पत्रकारीतामा बढि जोड दिएको बताउदै उनले यस्लाई सुधार गर्नुपर्नेमा जोड दिए । फोटो पत्रकार महासंघका अध्यक्ष ताराचन्द्र बर्माको अध्यक्षतामा काईक्रम सम्पन्न भएको थियो । फोटो पत्रकार महासंघको केन्द्रिय अधिवेशन भोली देखि भदौ ३१ गते सम्म चितवनको सौराहामा हुदै छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली