ताजा अपडेट »

लुम्बिनी प्रदेशका सरोकारवाला गुल्मीको पर्यटन विकासको अध्ययनमा

सोमबार, २७ भदौ २०७९, १७ : ०८
40 Shares
सोमबार, २७ भदौ २०७९
40 Shares

गुल्मी । लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषदको टोली गुल्मीका धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासको लागि सम्भाव्यता अध्यान गर्न आई पुगेको छ । लुम्बिनी प्रदेशको पर्यटन विकास परिषदको नेतृत्वमा बुटवलका बरिष्ठ पत्रकारहरुको टोली पाल्पाको धामिर्क तथा पर्यटकिय क्षेत्रको अध्यान गर्दै गुल्मीको रुरु धार्मिक क्षेत्र अन्तरगत रिडीमा नवनिर्मित तीनमुखे पुलको अवलोकन गरि गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गा टापु सम्म पुगेर पर्यटन प्रवद्र्धनका लागि सम्भाव्यता अध्यान गरेको हो ।

टोलीले रेसुङ्गाको होटल पौवाको सभाहलमा जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री र रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीको बिशेष आतिथ्यतामा अन्तरकृया कार्यक्रमको आयोजना समेत गरेको थियो । त्यहाँबाट फर्किए लगत्तै टोलीलाई गुल्मीको रेसुङ्गा नगरपालिकाकाले स्वागत गरेको थियो । मेयर खिलध्वज पन्थीले कार्यकक्षमा स्वागत गर्दै टोलीलाई रेसुङ्गा धार्मिक क्षेत्रको विकासमा नगरपालिकाले थालेको पहल बारे जानकारी गराए । उनले रेसुङ्गा धर्मिक क्षेत्र गुल्मीको मात्र नभई सिङ्गो देशकै प्रमुख गन्तब्य रहेको बताउँदै त्यसको विकासमा नगरपालिकाले वजेटको कत्ति कमी दिन नहुने उद्घोष गरे ।

मेयर पन्थीले रेसुङ्गा सहित गुल्मीका विभिन्न धार्मिक क्षेत्रहरुमा आन्तरकि र वाह्य पयृटकहरु भित्राउन वर्तमान बुटवल तानसेन तम्घास सडक खण्ड लामो दुरीको र जोखिमपुर्ण समेत भएकोले छोटो दुरीको सालझण्डी खज्र्याङ्ग सडक खण्ड छिटो निर्माण सक्नु पर्नेमा आफु लागेको बताउँदै केहि दिन अघि मात्र नेपाल सरकारबाट डेढ अर्ब बजेट स्वीकृत गराई टेण्डर प्रकृया अगाडी बढेको बताए । त्यस्तै निर्माण कार्य सम्पन्न भएर पनि रेसुङ्गा विमानस्थलमा जाहजको नियमित उठान हुन नसकेको प्रति पत्रकारहरुले राखेको जिज्ञाषमा मेयर पन्थीले तरा एअरसंग कुरा चलिरहेको र दशैं सम्ममा उठडान भर्ने प्रयास गरिएको जानकारी दिए ।

मेयर पन्थी सहित सहभागि गुल्मीका सरोकारवालहरुलाई पर्यटन विकास परिषद लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोसीले अध्यान भ्रमणको उद्देश्यबारे जानकारी दिदै गुल्मीका विभिन्न् स्थानमा पुगेर प्रारम्भिक चरणमा प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाई सुचिकृत गर्ने, बुकलेटहरु तयार गरेर प्रचार प्रसार गर्ने र क्रमशः स्थानीय सरकार संग मिलेर विकास गर्दै लगिने बताए । अध्यान भ्रमणमा आएका पत्रकार ‘ एनबि कँडेलले रेसुङ्गा धार्मिक क्षेत्रमा आउँदा घरमा लैजाने कुनै चिनो, ध्वजा पत्ता टिका टाला नपाईने गरेको र किनेर खाने पसलको समेत अभाव भएको प्रति मेयर पन्थीको ध्यानकृष्ट गराउँदा पन्थीले उक्त बिषय प्रति आफुले छिटै कदम चाल्ने बताए । त्यसै अर्का पत्रकार दामोदर खनालले नयाँ शैली र प्रबृद्धि अनि अहिलेको पिढीको चाहना अनुरुप रेसुङ्गा धार्मिक क्षेत्रको विकास गरिनु पर्ने र आउने जाने बाटो बृद्धिमैत्री बनाईनु पर्नेमा जोड दिए ।

त्यस्तै लुम्बिनी प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरे, बरिष्ठ पत्रकारहरु माधव नेपाल, हरिश ढकाल, यमलाल भुसाल लगायतले पनि सुझावहरु दिएका थिए । पहिलो दिन पाल्पा हुँदे गुल्मी आएको टोली सोमबार धुर्कोटको विचित्र गुफा, ऐतिहासिक धुर्कोट कोट, वाग्लाको अजमिरकोट, पुर्कोटदहको कंकेदेउराली हुँदै अर्घाखाँचीको सुपदेउराली लगायतका धामिर्क तथा पर्यटकिय क्षेत्रको अध्यान गरेर फर्किने प्रदेश प्रमुखका प्रेस संयोजक गुनाराम घिमिरेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।