१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीले साफ च्याम्पियनसीपमा आज हुने श्रीलंकाविरुद्धको खेल गुमाउने भएका छन्। स्ट्राइकर सावित्रा भण्डारी र डिफेन्डर मन्जली कुमारी योन्जन आजको खेलमा अनुपस्थित रहने भएकी हुन्।

Advertisement

दुवैजनालाई डेङ्गु संक्रमण भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले सावित्रा र मन्जलीमा डेङ्गुको संक्रमण देखिएको पुष्टि गरे । २ खेलाडीसंगै गोलरक्षक प्रशिक्षक सुरज कुमार लामामा समेत संक्रमण पुष्टि भएको छ। उनीहरुलाई मेडिसिटी अस्पतालमा राखिएको छ। संक्रमण देखिएसँगै २ खेलाडी आज श्रीलंकाविरुद्धको खेलमा नेपाली टोलीमा हुने छैनन्। नेपाली राष्ट्रिय टोलीकी मूख्य प्रशिक्षक कुमार थापाका अनुसार खेलाडीहरू अहिले आइसोलेसनमा छन्।

‘अहिले आइसोलेसनमा राखेका छौं। डेङ्गु टेस्ट पोजेटिभ आएपछि छुट्टै राखिएको हो। सामान्य ज्वरो आएको छ।’ थापाले भने ‘श्रीलंकासँगको खेलमा उनीहरू नेपाली टोलीमा हुने छैनन्। त्यसपछि पनि भन्न सक्ने अवस्था छैन।’ स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ। नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ। समूह ‘बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको छ। श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ। नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। सो खेलमा सावित्राले २ गोल गरेकी थिइन्।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली