ताजा अपडेट »

लुम्बिनीका सांसद तलब सुविधा लिन अगाडि बैठकमा पछाडि

आइतबार, २६ भदौ २०७९, १५ : ५५
13 Shares

बुटवल । लोकतन्त्रमा नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता हुनु पर्छ । नीति निर्माणको तहमा सबै जनता प्रत्यक्ष रुपमा सहभागि गर्न गराउन नसकिने भएकाले उनीहरु आफ्ना प्रतिनिधिहरुलाई निर्वाचित गराएर नीति निर्माण गर्ने निकायमा पठाएका हुन्छन् ।

तर, जनताले चुनेर पठाएका प्रतिनिधिहरु नियम बनाउने थलोको रुपमा रहेको संसदको बैठकमा अनुपस्थित हुने गरेको पाइएको छ । विधि निर्माण गर्ने जिम्मेवारीका लागि जनताद्वारा चुनिएका प्रतिनिधिहरू संसद्को बैठकमा गयल हुनु भनेको आफ्नो मूल जिम्मेवारीप्रति उदासीन हुनु हो । यो यस्तै आफ्नो जिम्मेवारीप्रति उदासीन देखिएका छन् लुम्बिनी प्रदेशसभाका सदस्यहरु । बैठकमा गयल हुने सांसदहरु नै विभिन्न शिर्षकमा रहेका सेवा सुविधा लिन भने अग्रपक्तिमा छन् । आर्थिक वर्ष २०७७/०७८ मा मात्रै प्रदेशसभा सदस्यहरुले ७ देखि १२ लाखसम्म सेवा सुविधा बुझेका छन् ।

दशै अधिवेशनसम्म आउँदा लुम्बिनी प्रदेशसभामा २०५ वटा बैठक बसे । प्रदेशसभाको बैठकमा एउटा पनि प्रदेशसभा सदस्यहरु शत प्रतिशत उपस्थित भएका छैन् । प्रदेशसभाको बैठकमा धेरै गयल हुनेमा मुख्यमन्त्री, निवर्तमान मुख्यमन्त्रीदेखि मन्त्रीहरु नै अघि छन् । प्रदेशसभाको बैठकमा सबै भन्दा धेरै गयल हुने निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेल हुन् । निवर्तमान मुख्यमन्त्री पोखरेल २०५ वटा बैठक मध्ये ८४ प्रदेशसभाका बैठकमा मात्रै उपस्थित छन् । बाँकी सबै प्रदेशसभाका बैठकमा उनी गयल छन् ।

यस्तै प्रदेशसभाको बैठकमा गयल हुनेको सूचिको दोस्रो नम्बर रहेका छन् पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी । मन्त्री चौधरी प्रदेशसभाका ९२ वैठकमा मात्रै उपस्थित भएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाली कांग्रेसका संसदीय दलका नेता बीरेन्द्र कुमार कनौडिया पनि प्रदेशसभाको बैठकमा गयल हुनेको सूचिको टप टेन भित्रैमा पर्छन् । मुख्यमन्त्री कुलप्रसाद केसी १२१ र कांग्रेसका संसदीय दलका नेता कनौडिया १११ वटा बैठकमा उपस्थित भएका छन् ।

कृषि खाद्य प्रविधि तथा व्यवस्था मन्त्री सुमन शर्मा रायमाझि ९६, स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्र जीत थारु ११३, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री विरबहादुर राना १२२, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही १२९, शान्तिदेवी स्वर्णकार १२० र याकुब अन्सारी १३० वटा बैठकमा उपस्थित छन् ।

यी हुन् सबै भन्दा धेरै उपस्थित हुने सांसद
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० जना सांसद छन् । जसमध्ये लुम्बिनी प्रदेशसभाको बैठकमा सबै भन्दा धेरै उपस्थित हुने सांसद हुन् सुनिता कुमारी ठठेर र तुलसी प्रसाद चौधरी । उनीहरु लुम्बिनी प्रदेशसभाका २०५ बैठक मध्ये १९१ बैठकमा उपस्थित भएका छन् । बाबुराम गौतम (१८८) विमला शर्मा पन्थी (१८८), कृष्ण प्रसाद न्यौपाने (१८७), थानकुमारी थापा चापागाई (१८६), जाल्पा भुसाल (१८५), कमला देवी वि.क. (१८४), धमकली चौधरी (१८४) र भोज प्रसाद श्रेष्ठ (१८२) वटा बैठकमा उपस्थित छन् ।

कुन सांसद कति बैठकमा उपस्थित?
अर्जुन कुमार श्रेष्ठ १५४, अर्जुन कुमार के.सी. १७३, अष्टभुजा पाठक १७६, आरती पौडेल १६०, इन्द्र प्रशाद खरेल १५८, कमलराज श्रेष्ठ १७८, कविराम थारु १७६, कुल प्रसाद पोखेल १७३, कृष्णध्वज खड्का १३२, कृष्णा के.सी. १४४, कृष्णी थारु १७४, खड्ग बहादुर खत्री १७१, गिता थापा १५७, चिन्तावती कुर्मी (वर्मा) १२२, चेत नारायण आचार्य १७१, आशा स्वर्णकार १७५ तारा जि.सी.१६५ तिलकराम शर्मा १७५, तुलाराम घर्ति मगर १७५, तेज वहादुर वली १६१, दामा कुमारी शर्मा १७६, दिपेन्द्र कुमार अधिकारी १३३, दिपेन्द्र कुमार पुन मगर १६०, दीपा वि.क.१७९, धर्म वहादुर लाल श्रीवास्तव १६४, नारायण प्रसाद आचार्य १५०, निर्मला क्षेत्री १८३, पार्वती पुन गहतराज उषा १६९ वटा बैठकमा उपस्थित छन् ।

यस्तै पुरन मान बज्राचार्य १६१, पुर्मती ढेँगा १६०, पुष्पा थरुनी १८५, फखरुद्दीन खान १६१, फौजिया नसीम १४०, विमला कुमारी खत्री, बैजनाथ चौधरी (बाल), १६८, भगवती देवी भण्डारी १७५, भुवनेश्वर चौधरी १६८, भूमिश्वर ढकाल १६५, ५४ माला गोतामे सुनार १४९, युवराज खनाल १३८, रमा अर्याल १६५, रमा घर्ती १७४, रामजी प्रसाद घिमिरे १५१, रिना नेपाल वि.क. १३८, रुन्धावती शर्मा १५४, रेवतीरमण शर्मा १५९, लिला गिरी १७९, लौटी थारु १८१, वसी उद्दीन खाँ १३५, विष्णु प्रसाद पन्थी १७९, वैजनाथ कलवार १३६, शंकर गिरी, सरस्वती गौतम १४९, सहसराम यादव १४३, सुदर्शन बराल १३८, सुरेन्द्र बहादुर हमाल १५६, सुष्मा यादव १६२, हरि प्रसाद रिजाल १५९ बैठकमा उपस्थित भएका छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।