७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

भैरहवा । उद्योग व्यापार संगठन रुपन्देहीले आगलागी तथा चोरी भएका व्यवसायिक प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ । संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको नेतृत्वको टोली मंगलबार दुईवटा व्यवसायिक प्रतिष्ठानमा पुगेर रकम हस्तान्तरण गरेको हो । आगलागी, चोरी जस्ता घटना भएका व्यवसायिक प्रतिष्ठानलाई राहत वापतको रकम संगठनले उपलब्ध गराउँदै आएको ज्ञवालीले जानकारी दिए । उनले भने, ‘संगठनमा आबद्ध उद्योगी व्यवसायीको औद्योगिक व्यापारिक प्रतिष्ठानमा समस्या भएको अवस्थामा केही भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गर्दै आएका छौं, त्यहीअनुसार दुईवटा व्यापारिक प्रतिष्ठानमा पुगेर रकम हस्तान्तरण गरेका हौं ।’

गत चैत २७ गते आगलागी भएको सिद्धार्थनगर नगरपालिका–५ स्थित हरि उँ फूल घर एवं डेकोरेटर्स तथा गत वर्षको असोजमा चोरी भएको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित अंकृता सप्लायर्सका सञ्चालकलाई संगठनले रकम हस्तान्तरण गरेको महासचिव सचिन रोक्काले बताए । हरि उँ फूल घर एवं डेकोरेटर्सका सञ्चालक तेजबहादुर सहानी र अंकृता सप्लायर्सका सञ्चालक राजेश प्रसाद हरिजनलाई रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

सहयोग रकम हस्तान्तरण गर्न संगठनका अध्यक्ष ज्ञवालीसहित उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव सचिन रोक्का, कोषाध्यक्ष राम मिलन यादव व्यवसायिक प्रतिष्ठानमा पुगेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’