६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

पोखरा  । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि ठेक्का आह्वान गरेको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि ७२ लाख रूपैयाँको ठेक्का आह्वान गरिएको छ। 

Advertisement

ठेक्का प्राप्तिका लागि इच्छुक कम्पनीले आउँदो अक्टोबर ११ सम्ममा दर्खास्त दिनसक्ने र डाँडा कटानको काम आउँदो कात्तिक दोस्रो सातादेखि सुरू हुने प्राधिकरणले जनाएको छ। कम्तीमा पनि एक महिना अवधिमा उक्त डाँडा कटानको काम सकिने प्राधिकरणको अनुमान छ।

रिट्ठेपानीको १४ मिटर डाँडा कटानको काम सकिएलगत्तै पोखरामा क्यालिब्रेसन फ्लाइटको काम अगाडि बढाउने योजना रहेको महानिर्देशक अधिकारीले बताए। प्राधिकरणले डाँडा कटानका लागि रुख कटानको काम पूरा गरिसकेको बताइएको छ। वन तथा वातावरण मन्त्रालयले उक्त डाँडा नजिक रहेका छ सय वटा रूख कटानका लागि स्वीकृति दिएसँगै रूख कटानको काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए।

वन तथा वातावरण मन्त्रालयले रूख कटानका लागि दिइएको स्वीकृतीमा काटिएका रूख वन विभागलाई हस्तान्तरण गर्ने सझौता भएको छ। यसैबमोजिम काटिएका रूख विभागलाई हस्तान्तरण गर्ने तयारी रहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

रिट्ठेपानी डाँडाको तीन सय ८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ। उक्त विमानस्थल चिनियाँ ऋण लगानीमा निर्माण भइरहेको छ। कुल २२ अर्ब रूपैयाँ लागतमा बनेको यो विमानस्थलमा न्यारोबडी जहाज उडान हुनेछन्।

क्षेत्रीयस्तरका वायुसेवाहरू यस विमानस्थलमा सेवा सञ्चालनका लागि जोडिने भएका पनि प्राधिकरणले जनाएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई