११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को लागि नेपाली कांग्रेस र नेकपा एमालेले आफ्नो उम्मेदवार टुंग्याएका छन् । नेपाली कांग्रेसले ३ नम्बरबाट प्रत्यक्ष तर्फ गृहमन्त्री बालकृष्ण खाँणको एकल नाम सिफारीस गरेको छ । एमालेले भने सांसद घनश्याम भुसाल सहित ४ जनाको नाम सिफारीस गरेको छ ।

Advertisement

नेपाली कांग्रेस क्षेत्रिय समिति रुपन्देही क्षेत्र नम्बर ३ को आज बसेको बैठकले प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ खाँणको एकल नाम सर्वसम्मतिमा सिफारीस गर्ने निर्णय गरेको क्षेत्रिय सभापति शुसिल गुरुङ्गले जानकारी दिए । यस्तै प्रतिनिधि सभाकै लागि समानुपातिक तर्फ जन्नतुन निसा धुनिया र बिष्णु थापाको नाम सिफारीस भएको छ । प्रदेश क को लागि प्रत्यक्ष तर्फ ओम कुमार श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, गोपालमान राजभण्डारी, देवी प्रसाद चौधरी, रमा अर्याल र नारायण कंडेल सहित ६ जनाको सिफारीस भएको छ ।

यस्तै प्रदेश क कै लागि समानुपतिक तर्फ १७ जनाको नाम सिफारीस भएको गुरुङ्गले जानकारी दिए । प्रदेश सभा ख को लागि प्रत्यक्ष तर्फ रामचन्द्र ढकाल, रमेश खनाल, प्रेम बहादुर फौज्दार, बिमल प्रसाद ढकाल, हरिध्वज मल्ल, वेग बहादुर कुंवर, सोमनाथ शर्मा, पुष्पा थरुनी, रमा कुमारी अधिकारी खडका सहित ९ जनाको नाम सिफारीस गर्ने निर्णय भएको गुरुङ्गले बताए । प्रदेश ख को समानुपातिक तर्फ पनि १७ जनाको नाम क्षेत्रिय समितिले सिफारीस गरेको छ ।

नेकपा एमालले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ सांसद घनश्याम भुसाल सहित तिलोत्तमा नगरपालिकाका निर्वतमान प्रमुख बासुदेव घिमिरे, दुर्गा भुसाल र पूर्व सांसद यज्ञजित शाहलाई सिफारीस गरेको क्षेत्र नम्बर ३ का क्षेत्रिय संयोजक नर बहादुर घर्तिले जानकारी दिए । एमालेले प्रदेश सभाको क को लागि विश्वराज बराल, राजेन्द्र पन्थी, लक्ष्मी केसी, सीता काफ्ले र हरि प्रसाद अधिकारी सहित ६ जनाको नाम सिफारीस गरेको छ । प्रदेश सभा अन्र्तगत ख मा तुलसी चौधरी, नर बहादुर घर्ति, प्रेम गुरुङ्ग र राम प्रसाद रेग्मीको नाम सिफारीस गरिएको क्षेत्रिय संयोजक घर्तिले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ